मंगलाका पूर्व बिद्यार्थीले मन्दिर बनाए

Gandaki Pardesh notice

बाबियाचौर । बाबियाचौरमा रहेको मंगला माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थीहरुले सरस्वती मन्दिर निर्माण गरेका छन् ।

गत वर्षको श्रीपञ्चमी पर्वको अवसरमा शिलन्यास गरिएको मन्दिर निर्माण कार्य सकेर मंगलबार श्रीपञ्चमी पर्वकै अवसरमा बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।

मंगला माबि बाट बि.स. २०६२ को एसएलसी परीक्षामा सहभागी पूर्व बिद्यार्थीहरुले आर्थिक संकलन गरेर मन्दिर निर्माण गरिएको पूर्व विद्यार्थी मतीलाल पौडेलले बताउनु भयो ।

Shreekrishna hardwear in news

“बिद्यालयले उपलब्ध गराएको जग्गामा मन्दिर बनाएर हस्तान्तरण गरेका छौ,” उहाँले भन्नुभयो “स्वदेश तथा बिदेशमा रहेका पूर्व बिद्यार्थीहरुले आर्थिक संकलन गरेर मन्दिर बनाएका हौ ।”

मतीलाल पौडेल, रुचेन्द्र अधिकारी, राजु खड्का, कर्णबहादुर पुन, प्रेमलाल सापकोटा र मिना खातीको उपस्थितिमा मन्दिर हस्तान्तरण गरिएको थियो । २०६२ सालको एसएलसीमा मंगलाका ५४ जनाले सहभागिता जनाएका थिए ।

Bhautik ministry notice about road

पूर्व बिद्यार्थी रुचेन्द्र अधिकारी क्षेत्रले मन्दिरको डिजाइन र लागत अनुमान गर्नुभएको थियो । कुल आठ लाख रुपैयाँ लागत अनुमान गरिएको मन्दिर निर्माणको सबै आम्दानी खर्च बिबरण तयार हुन बाँकी छ । हालसम्म तीन लाख रुपैयाँ भन्दा बढी संकलन भएको छ ।

वडा अध्यक्ष धनबहादुर खाती, वडा सदस्य राजु पाण्डे, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर अधिकारी, प्रअ गमबहादुर खत्री, पुर्व प्रअ दिर्घबहादुर खड्काको उपस्थितिमा मन्दिर हस्तान्तरण गरिएको थियो ।

शिक्षा मन्त्रालयको नमुना बिद्यालय कार्यक्रममा छनौट भएको कक्षा १२ सम्म पठनपाठन हुने मंगला माविमा ५८९ जना बिद्यार्थी छन् । कक्षा ९ देखि कृषि प्राबिधिक बिषयको पनि पठनपाठन सुरु भएको थियो ।

गत वर्ष बिद्यालयले मंगला माविको समग्र बिकासमा हाम्रो सकारात्मक सहयोग भन्ने नारा सहित अभियान सुरु गरेको थियो । जस अन्तरगत २०६२ मा एसएलसी परिक्षा दिएकाहरुले पहिलो चरणमा सहयोग गरेका बिद्यालयका शिक्षक हुमनाथ पाण्डेले बताउनुभयो ।

अभियान अन्तरगत ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, पूर्व बिद्यार्थी र सहयोग दाताहरुबाट सहयोग रकम घोषणा तथा प्राप्त हुने क्रम जारी रहेको सहायक प्रअ सुनिल सापकोटाले बताउनुभयो । सो अवसरमा सहयोगदाता पुर्ब बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...