म्याग्दीको बन डिभिजन कार्यालय उत्कृष्ट

Gandaki Pardesh notice

बेनी । गण्डकी प्रदेश सरकार मातहत म्याग्दीमा रहेका कार्यालयहरु मध्य बन डिभिजन कार्यालय उत्कृष्ट बनेको छ ।

प्रदेश सरकार स्थापना भएको तेस्रो वर्ष पुरा भएको अवसरमा मंगलबार पोखरामा भएको समारोहमा म्याग्दी सहित ११ वटै जिल्लाका एक÷एक वटा कार्यालयलाई पुरस्कृत गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचिब बिष्णुप्रसाद नेपालले निमित्त डिभिजनल बन अधिकृत सन्तोष खनाललाई नगद बीस हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गर्नुभयो ।

Bhautik ministry notice about road

प्रदेश सरकारले बनाएको नमूना कार्यालय मापदण्ड २०७६ बमोजिम म्याग्दीबाट वन डिभिजन कार्यालय छनौट भएको हो । कार्यालय ब्यवस्थापन, कर्मचारी परिचालन, बजेट कार्यान्वयन, भौतिक संरचना र सेवाप्रवाहको अवस्थालाई आधार मानेर मूल्याङ्कन गरिएको हो ।

Shreekrishna hardwear in news

दरबन्दि भन्दा कम जनशक्ति, सिमित स्रोत साधनका बीच पनि योजना तथा कार्यक्रम कार्यान्वयन र बजेट परिचालनमा जुटेको डिभिजन वन कार्यालयका प्रमुख खनालले पुरस्कारले उत्साहीत भएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...