रघुगंगाका शैक्षिक संस्थाका लागि लेखा ब्यवस्थापन तालिम

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका अन्तरगतका सामुदायिक बिद्यालय र सामुदायिक सिकाई केन्द्रको लेखा ब्यवस्थापन तालिम सोमबार मौवाफाँटमा सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले शैक्षिक संस्थाका गतिबिधिलाई पारदर्शी र ब्यवस्थित बनाउन तालिम महत्वपूर्ण हुने बताउनुभयो ।

Bhautik ministry notice about road

तालिममा ३३ बिद्यालय र २ सामुदायिक सिकाई केन्द्रका ४५ जनाको सहभागिता छ । कार्यक्रममा पालिका स्तरीय शिक्षक महासंघका शिक्षक महासंघका अध्यक्ष शिक्षक महासंघका अध्यक्ष याम शेरपुजाले शिक्षकको पेशागत हित प्रर्वद्धन गर्नुपर्ने धारणा राख्नुभयो । शिक्षक संघका प्रतिनिधि युवबहादुर गर्बुजाले लेखा तालिम धेरै उपयोगी हुने अपेक्षा गर्नुभयो ।

Shreekrishna hardwear in news

प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला तिलिजाको पनि उपस्थिति थियो । तालिमको लेखा अधिकृत खगराज सुबेदीले सहजिकरण गर्नुहुने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...