अन्नपूर्णका कृषकलाई यान्त्रिक हलो बितरण

Sinchai Khanipani notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई आइतबार यान्त्रिक हलो बितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले सहकारी, समूह, फर्म सञ्चालकलाई यान्त्रिक हलो (मिनिटेलर÷हाते ट्याक्टर) वितरण गरेको हो ।

पोखरेबगरमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, कृषि शाखा प्रमुख प्रबिण अधिकारीले यान्त्रिक हलो वितरण गर्नुभएको थियो ।

सार्वजनिक सुचना आव्हान गरेर आवेदन संकलन गरिएको थियो । वडा न. ६ को होलिडे कृषि तथा पशुपंक्षी फर्म, धौलागिरी पशुपालन फर्म, बिरौटा सुन्तला तथा कृषि समूह, नयाँघरे एकिकृत कृषि तथा पशुपंक्षी फर्म, सी कृषि तथा पशुपंक्षी फर्मले यान्त्रिक हलो पाएका छन् ।

Shreekrishna hardwear in news

यसैगरी शिखको कृषि तथा पशुपालन फर्म, मणीबराह बहुउद्देश्यीय कृषि फर्म, राम्चेको सिर्जनसिल कृषि सहकारी संस्था, भुरुङ्ग–तातोपानीको ठुलोबगर कृषि सहकारी संस्था, नारच्याङको जनजागरण कृषक समूह, हिस्तानको प्रगतिशिल कृषक समूह र पे्रम कृषि तथा पशुपंक्षी फर्म रहेका छन् ।

Bhautik ministry notice about road

डिजेल इञ्जिन भएको ७.५ हर्सपावर क्षमताको प्रति यान्त्रिक हलो पचास प्रतिशत अनुदानमा वितरण गरिएको हो । सहकारी, समूह र फर्म सञ्चालकले २७ हजार ५०० रुपैयाँ अनुदान पाएका हुन् ।

कृषि उत्पादन वृद्धी गर्न र लागत घटाउन यान्त्रिकरणका लागि यान्त्रिक हलो बितरण गरिएको कृषि शाखा प्रमुख अधिकारीले बताउनुभयो । कृषकहरुलाई ट्याक्टर चलाउन र मर्मत गर्ने सिप समेत सिकाइएको छ । खेतबारी खनजोतको काममा पछिल्लो समय गोरुको बिकल्पमा यान्त्रिक हलोको प्रयोग बढेको छ ।

सस्तो र छिटो भएपछि कृषकहरुले यान्त्रिक हलोको प्रयोग गर्न थालेका हुन् । स्थानीय तहका कृषि शाखा, कृषि ज्ञान केन्द्र आदीले अनुदान दिने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...