दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा आइतबार देखि दोस्रो चरणको कोरोना (भाइरस) बिरुद्धको कोभिशिल्ड खोप लगाउन सुरु गरिएको छ ।

यसअघि कोरोना रोकथाममा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइसकिएको छ । जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, बैंक, बित्तिय संस्थाका कर्मचारी र पत्रकारहरुलाई खोप लगाउन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Bhautik ministry notice about road

उहाँका अनुसार फागुन ४ गतेसम्म बेनी अस्पतालको खोप केन्द्रबाट नौ सय जनालाई खोप लगाउने लक्ष्य छ । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुबेदी लगायतलाई खोप लगाएर कार्यक्रम सुरु गरिएको थियो ।

Shreekrishna hardwear in news

दोस्रो चरणको पहिलो खोप प्रजिअ अधिकारीलाई लगाइएको थियो । एक भायलमा १० डोज खोप हुन्छ । कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने बेनी अस्पतालका डा. जितेन्द्र कँडेलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...