जन्मदिनको अवसरमा शान्ति कोषलाई सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दीका एक जना स्वास्थ्यकर्मीले जन्म दिनको अवसरमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरिब तथा विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापना गरेको अक्षयकोषलाई सहयोग गर्नुभएको छ ।

बेनी अस्पतालको इमरजेन्सी बिभागको प्रमुखको रुपमा कार्यरत तुलसी पौडेल आचार्यले शान्ति कोषले स्थापना गरेको दुई करोड रुपैयाँको अक्षयकोषमा पचास हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

Bhautik ministry notice about road

आचार्य र उहाँका श्रीमान भिम आचार्यले आइतबार कोषका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गर्नुभएको थियो । कोषले गरिब, विपन्न बिरामीको उपचारमा गरेको कार्यबाट प्रभावित भएर सहयोग गरेको आचार्यले बताउनुभयो ।

Shreekrishna hardwear in news

जलजला गाउँपालिका–७ धाइरिङ घर भई हाल बेनी नगरपालिका –८ अस्पतालचोक बस्नुहुने आचार्यलाई संस्थाको बिधान अनुसार सुनौलो संरक्षक सदस्यता प्रदान गरिएको छ । कोषले घोषणा गरेको दुई करोडको अक्षयकोषमा हालसम्म एक करोड भन्दा बढी नगद जम्मा भइसकेको छ । संस्थाले कोषको ब्याजबाट बिरामीहरुलाई सहयोग समेत गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...