नेकपाको दुई समूहले फरक-फरक कार्यक्रम गरेर जनयुद्ध दिवस मनाए

Beni Sanjibani

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई वटै समूहले शनिबार बेनीमा फरक–कार्यक्रम गरेर २६ औ जनयुद्ध दिवस मनाएका छन् ।

नेकपाको प्रचण्ड–नेपाल समूहले बिहान जिल्ला प्रशासन कार्यालय अगाडीको गोर्खा भूपु सैनिक सहकारीको सभाहलमा र प्रधानमन्त्री ओली समूहले डलफिन होटलमा कार्यक्रम गरेर जनयुद्ध सुरु भएको दिनको स्मरण गरे । दुईवटै कार्यक्रममा सहभागिहरुले नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा जनयुद्धको योगदानको चर्चा गरेका थिए ।

प्रचण्ड नेपाल समूहको कार्यक्रममा जिल्ला अध्यक्ष गोबिन्द पौडेल, बालकृष्ण सुबेदी, देवराज सुबेदी, प्रदेश सांसद बिनोद केसी, पुराना कम्युनिष्ट नेता बमबहादुर पाइजा लगायत सहभागि हुनुभएको थियो ।

Mangala Health notice about Je

उहाँहरुले जनयुद्ध र जनआन्दोलनबाट प्राप्ति भएको संबिधान, संघियता, गणतन्त्र जस्ता ब्यवस्थालाई समाप्त पार्ने प्रधानमन्त्री केपी ओलीको प्रतिगामी, निरकुश कदम फिर्ता गरेर प्रतिनिधिसभा पुनस्थापना गर्नुपर्ने बताउनुभयो ।

नेकपाको प्रचण्ड नेपाल समूहले बेनीमा आयोजना गरेको २६ औ जनयुद्ध दिवस मनाउने कार्यक्रममा सहभागिहरु । तस्बिर कृष्णुकमार बिश्वकर्माको फेसबुकबाट
Beni nagarpalika ko janahit ma jari notice

ओली समूहको नेकपाका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठको अध्यक्षता, नेता पुस्कर बिकको सञ्चालनमा भएको कार्यक्रममा स्थायी कमिटि सदस्य थममाया थापा, केन्द्रिय सदस्य नवराज शर्मा, प्रदेश कमिटि सदस्य खुम बानिया लगायतले मन्तब्य व्यक्त गर्नुभयो ।

उहाँहरुले गणतन्त्र प्राप्तिको आधार जनयुद्धका योद्धा, शहिद परिवार, बेपत्ता परिवारको सम्मान गर्नुपर्ने र सरकारले यसका लागि कार्यक्रम ल्याउन लागेको आश्वासन दिनुभयो । सचिव श्रेष्ठले जनयुद्धले कम्युनिष्ट सपनालाई पुरा गर्न महत्वपूर्ण भुमिका खलेको बताउनुभयो ।

तत्कालीन नेकपा माओवादीले वि.स. २०५२ फागुन १ गतेदेखि नेपालमा राजतन्त्रको अन्त र गणतन्त्र स्थापनाको लक्ष्य सहित जनयुद्ध सुरु गरेको थियो । माओवादीका तत्कालीन अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको जनयुद्ध वि.स २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएपछि सकिएको थियो ।

शान्ति सम्झौता पछि माओवादीले शान्तिपुर्ण राजनीतिक प्रतिस्पर्धा अपनाएको थियो । नेपालमा संबिधानसभा मार्फत संबिधान जारी गरी संघीय गणतन्त्र स्थापना भएको छ । जनयुद्धमा सत्र हजारको हाराहारीमा शहिद भएका थिए । हजारौ व्यक्तिहरु घाइते अपांग छन् । जनयुद्धमा वेपत्ता भएकाहरुको अझै अवस्था सार्वजनिक हुन सकेको छैन् ।

जनयुद्धबाट उदाएको माओवादी र झापा आन्दोलनबाट उदाएको एमाले मिलेर बनेको नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान बिपरित आफ्नै बहुमत भएको संसद बिघटन गरेपछि देखिएको बिभाजनका कारण देशमा राजनीतिक अस्थिरता सिर्जना भएकोमा नागरिक निराश भएका छन् ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...