मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी पुग्यो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी सुबिधा पुगेको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा गेरवाङको मुहानबाट पाइप मार्फत खानेपानी ल्याइएको हो । यसअघि त्यहाँका बासिन्दाहरु खानेपानीका लागि आधा घण्टा टाढा रहेको मुहानमा पुग्ने गरेका थिए ।

खानेपानीको समस्याले गर्दा स्थानीयको दैनिकी कष्टकर बनेको थियो । सरसफाई, उपभोग, शौचालयका चाहिने पानी समेत गाग्री, ग्यालिन र ड्रममा ओसार्नुपर्ने समस्या थियो । गाइबस्तुलाई पनि त्यसैगरी पानी ओसार्दा हैरानी खेपेका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पहिलो पटक पाइपबाट घरघरमा पानी आएपछि स्थानीयमा खुसीयाली छाएको त्यहाँका बासिन्दा जित गर्बुजाले बताउनुभयो । गेरवाङको मुहानमा टंकी बनाएर दुई हजार ५०० मिटर पाइपबाट पानी ल्याइएको छ ।

गाउँपालिकाले एक लाख ९० हजार रुपैयाँ बिनियोजन गरेको सो खानेपानी निर्माण गर्न स्थानीयले श्रमदान समेत गरेका अध्यक्ष प्रेमलाल सुबेदीले बताउनुभयो । तीन घरको स्थाई बसोबास भएको बाञ्चनमा थप ७÷८ जनाको खेतबारी र गोठ छन् ।

थोरै घरधुरी भएकाले त्यहाँका बासिन्दाको खानेपानीको मागप्रति अहिलेसम्म सुनुवाई भएको थिएन् । वडाका जनप्रतिनिधिहरुले सिफारिस गरेर धेरै बर्षको प्रयासमा खानेपानी पाएकोमा बाञ्चनबासी खुसी भएका छन् ।

खानेपानीका अतिरिक्त सो पानी सिचाईमा पनि प्रयोग गर्न सकिने भएको छ । करेसाबारी र खेतीबालीमा सिचाई गर्न पनि सुबिधा पुगेको छ । बान्चनमा खेतीयोग्य जमिन भएपनि सिचाइको समस्या छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...