मलगाउँका तिलिजा दिदिबहिनीलाई लायन्सको सहयोग

Sinchai Khanipani notice

बेनी । पर्वतको जलजला गाउँपालिका–१ मलगाउँका स्वर्गीय ख्यामबहादुर तिलिजाका छोरीहरुलाई लायन्स क्लव अफ बेनी मल्लाजले शैक्षिक सामग्री र आर्थिक सहयोग गरेको छ ।

गत असोज १७ गते मुडाले किचेर ज्यान गुमाएका तिलिजाका तीन जना छोरीहरुको एक वर्षको पढाई खर्च र शैक्षिक सामग्री बिहीबार सहयोग गरिएको क्लवले जनाएको छ ।

कल्वका अध्यक्ष बलिभद्र कडेल (राजु), प्रथम उपाध्यक्ष बिक्रम सुबेदी र कोषाध्यक्ष बिबेक हमालले तीन जना बालिकाहरुलाई दश÷दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी क्लवका सदस्यहरुले उनिहरुलाई एक वर्षलाई पुग्ने एघार हजार रुपैयाँ बराबरको कापी, कलम लगायत शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बाँसखर्कका वडा अध्यक्ष तुलसी रेग्मीको उपस्थितिमा ज्योति मण्डल माविमा छात्रवृत्ति र शैक्षिक सामग्री बितरण गरिएको थियो । ३८ वर्षीय तिलीजाको गाउँ नजिकैको जंगलमा काठ काट्ने मुडा लडाउने क्रममा दुर्घटना भएर मृत्यु भएको थियो । ख्यामबहादुरको मृत्यु हुँदा उनकी श्रीमति २१ दिनकी सुत्केरी थिइन् । तिलिजाकी जेठी छोरी मन्जुको बिवाह भइसकेको छ । १४ वर्षीया गिता कक्षा ९ र १२ वर्षीया रुबिका ज्योती मण्डल माविको कक्षा ६ मा पढ्छन् ।

आठ वर्षकी करुणा देउराली आधारभूत बिद्यालयको कक्षा ३ मा पढ्छिन् । केही बर्ष बिदेश गएर फकिएपछि ख्यामबहादुरले आरा काट्ने काम गरेर परिवार पाल्दै आएका थिए । परिवारका सबै सदस्य ख्यामबहादुरको आम्दानीमा निर्भर थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...