भागिरथीको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बेनीमा प्रर्दशन

Gandaki Pardesh notice

बेनी । बैतडीकी १७ वर्षीया भागिरथी भट्टको बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै बिहिबार बेनीमा महिला संघ संगठनहरुले बिरोध प्रर्दशन गरेका छन् ।

विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठन सहित दश भन्दा बढी संघ संस्थाहरुले संयुक्त बिरोध प्रर्दशन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली बेनी बजारका विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा पुगी कोणसभामा परिणत भएको थियो ।

अन्तरपार्टी महिला सञ्जालकी उषा घिमिरेले भागिरथी भट्टलाई बलात्कार, हत्या गर्नेको जति सक्दो छिटो पहिचान गरि, निष्पक्ष छानबिन र कारबाहीका लागि सरकारलाई दबाव दिन बिरोध प्रर्दशन गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

अन्तरपार्टी महिला सञ्जाल, अनेमसंघ, नेपाल महिला संघ, अनेमसंघ क्रान्तिकारी लगायत संघ संगठनहरुले संयुक्त रुपमा बिरोध प्रर्दशन गरेका हुन् । उनिहरुले “बलात्कार होइन सुरक्षा दे, दमन होइन अधिकार दे” लेखिएको कालो ब्यानर र प्ले कार्ड बोकेका थिए ।

Bhautik ministry notice about road

एक हप्ताअघि बिद्यालयबाट घर फर्कने क्रममा गत हप्ता बाटोमै बलात्कार र घाँटी थिचेर भागिरथीको हत्यामा संलग्नको प्रहरीले अहिलेसम्म पहिचान, पक्राउ गर्न नसकेको भन्दै महिला नेताहरुले आक्रोश ब्यक्त गरेका छन् ।

‘प्रहरीको लारबाहीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारी र हत्यारा अहिलेसम्म पहिचान हुन सकेको छैन,’ महिला नेता ज्योति लामिछानेले भन्नुभयो ‘भागिरथीको बलात्कार र हत्याको अनुसन्धानमा त्यस्तो लापरबाही नहोस् । पिडितले न्याय पाउन र दोषीलाई कारबाहीको दायरामा ल्याइयोस ।’

यसैगरी बेनीको लिटिल गार्डेन एकेडेमिका छात्राहरुले प्रजिअ उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै दोषीलाई कारबाहीको माग गरेका छन् । बिद्यालयमा गठित गुणस्तर बृत्त समूह मार्फत ज्ञापनपत्र बुझाएका उनिहरुले बालिका तथा छात्राहरुको सुरक्षामा गम्भिर बन्न सरकारलाई आग्रह गरेका छन् । बिद्यालय जान आउँदा पनि हुनुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...