स्वास्थ्यकर्मीद्धारा जन्मदिनको अवसरमा बिद्यार्थीलाई सहयोग

Gandaki Pardesh notice

बेनी । पर्वत जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सरस्वती बोहोराले बुधबार जन्मदिनको अवसर पारेर बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्नुभएको छ ।

जलजला गाउँपालिका–४ भवानीपानी निवासी बोहोराले मल्लाज स्थित समाजकल्याण आधारभूत बिद्यालयका ९ जना विपन्न, जेहेन्दार, अनाथ र अपाङ्ग बिद्यार्थीलाई झोलासँगै दश हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री बितरण गर्नुभएको हो ।

Bhautik ministry notice about road

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बागबिर नेपालीको अध्यक्षता, सरस्वतीका श्रीमान समेत रहनुभएका जलजला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजु बोहोराको प्रमुख आतिथ्यता, प्रअ डम्मरबहादुर घर्ति क्षेत्रीको स्वागत र शिक्षक इन्द्रबहादुर बिश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Shreekrishna hardwear in news

झड्किलो शैलीमा तडकभडक गरेर जन्मदिन मनाउने चलन बढीरहेका बेलामा स्वास्थ्यकर्मी बोहोराले बिद्यार्थीलाई सहयोग गरेर रचनात्मक शैली अपनाएकोमा बिद्यालयले धन्यवाद दिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...