वौद्धिक अपाङ्गको पहिचानमै लडाई

Gandaki Pardesh notice

बेनी । म्याग्दीका बौद्धिक अपाङ्गता भएका नागरिक र तीनका अभिभावकहरुले आफ्नो पहिचान पाउनै मुुस्किल भएको गुनासो गरेका छन् ।

वौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागि उनिहरुले परिचयपत्र, शिक्षा, सामाजिक वातावरण र रोजगारीबाट बञ्चित हुनुपरेको बताउनुभयो ।

बेनी नगरपालिका–८ की लक्ष्मी श्रेष्ठले वौद्धिक अपांग १२ वर्षीय छोराको परिचय पत्र बनाउन अस्पताल, नगरपालिका धाउदा पनि नपाएको गुनासो गर्नुभयो । नगरपालिकाले समन्वय नगरिदिदा वौद्धिक अपांगता भएकाहरुको परिचयपत्र पाउन र नविकरण गर्न समस्या भएको गुनासो गर्नुभयो ।

Shreekrishna hardwear in news

संघका अध्यक्ष यामबहादुर बानियाले स्थानीय तह र चिकित्सकहरुले वौद्धिक अपाङ्गता भएकाहरु पुष्टि गर्ने आधार नभएको भन्दै स्वास्थ्य रिपोर्ट र सिफारिस तथा परिचयपत्र दिन धेरै झञ्जट भोग्नुपरेको बताउनुभयो ।

Bhautik ministry notice about road

वौद्धिक अपांग संघ म्याग्दीका अध्यक्ष ममता पौडेलले आफू जस्ता धेरै व्यक्तिहरु पारिवारिक, सामाजिक वातावरणको अभावमा शिक्षा, क्षमता अनुसारको सिप बिकास र रोजगारीको अवसरबाट बञ्चित भएका गुनासो गर्नुभयो ।

वौद्धिक अपांगता अभिभावक संघका केन्द्रिय सदस्य टिकाराम सापकोटाले पहिचानका लागि सहज रुपमा परिचयपत्र दिने, जिवन जिउने कला, सिप सिकाएर आयआर्जनमा जोड्न सकिने बताउनुभयो ।

संघका सचिव समेत रहेका बेनी नगरपालिका–६ का अध्यक्ष कृष्णसिंह बानियाले अपाङ्गता भएकाहरुको परिचयपत्र घरदैलोमै पुगेर नविकरण र नयाँ वितरण गर्न कार्यपालिकामा प्रस्ताव लैजाने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...