सामाजिक काममा पर्वत बेनीको पिपलबोट युवा क्लव

Gandaki Pardesh notice

बेनी । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीको पिपलबोट युवा क्लव सामाजिक काममा जुटेको छ ।

जलजला गाउँपालिकासँग समन्वय गरेर फोहोर ब्यवस्थापनको काम सुरु गरेको क्लवका पदाधीकारी र सदस्यहरु यतिबेला कालीगण्डकी किनारको शबदाह स्थलमा मलामी र किरीयापुत्रीको सुबिधाका लागि पुर्वाधार निर्माणमा जुटेका छन् ।

बजारका ब्यवसायी, बासिन्दाहरुसँग सहयोग जुटाएर तथा श्रमदानमा कालीगण्डकी किनारमा चौतारी निर्माण भैरहेको क्लवका सचिव चञ्चल जिसीले बताउनुभयो । उहाँले घाटमा शौचालय, कपडा फेर्ने ठाउँ र खानेपानीको ब्यवस्थापन गर्न लागिएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बजारका बासिन्दाहरुबाट सो कार्यको लागि दक्ष मजदुरको ज्याला वापत तीस हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । ब्यवसायीहरुले सिमेन्ट, गिटी, बालुवा जस्ता निर्माण सामग्री सहयोग गरेका छन् ।

बजारको छेउमा रहेको चौतारीमा शव बिसाउने र त्यही मलामी चोख्याउने गरिदै आएको छ । बस्तिमा असहज भएपछि कालीगण्डकी किनारमै चौतारी बनाउन लागिएको क्लवका अध्यक्ष रबी कार्कीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...