बाँसखर्कका वडा सदस्य अर्मजाको जन्मदिन मानव सेवा आश्रममा

Sinchai Khanipani notice

बेनी । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले जन्मदिनको अवसरमा मंगलबार बागलुङ स्थित मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन गराउनुभएको छ ।

मानव सेवा आश्रमले बागलुङमा सडक मानवहरुलाई आश्रय दिने गरेको छ । परिवारका सदस्य सहित जन्मदिन मनाउन आश्रममा पुग्नुभएका अर्मजाले आठ हजार रुपैयाँ बराबरको भोजन गराउनु भएको आश्रमले जनाएको छ ।

Bhautik ministry notice about road

बाँसखर्कको मालगाउँ निवासी अर्मजाले जन्मदिन मनाउन गरिने फजुल खर्चको बिकल्पमा मानवीय सेवामा सर्मपित मानव सेवा आश्रममा रहेका नागरिकहरुलाई भोजन गराएको बताउनुभयो ।

Shreekrishna hardwear in news

नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित हुनुभएका अर्मजा राष्ट्रिय मगर संघको गण्डकी प्रदेश सदस्य हुनुहुन्छ । जलजला कृषक समूहका सचिव रहनुभएका अर्मजा सामाजिक कार्यमा अग्रसर हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...