ज्यामिरेमा पिपिसी सिमेन्ट भण्डारण गरेका ठेकेदार भन्छन –“त्यो सिमेन्ट ढलानमा होइन पर्खाल लगाउन लगिएको हो”

Sinchai Khanipani notice

बेनी । मंगला गाउँपालिकाको पोक–बरंजा नमुना सडक आयोजनामा छनौट भएका ठेकेदार कम्पनीका आधिकारीक प्रतिनिधि भुपेन्द्र खड्काले ज्यामीरेमा लगेर भण्डारण गरिएको पिपिसी सिमेन्ट ढलानका लागि नभएर पर्खाल निर्माणमा प्रयोग गर्न लगेको प्रतिक्रिया दिनुभएको छ ।

ठेक्का सम्झौता नहुँदै आयोजना निर्माण स्थलमा तोकिएको भन्दा कम गुणस्तरको सिमेन्ट लगेर राखेका देब एण्ड सायर–तिलक जेभीका आधिकारिक प्रतिनिधि भुपेन्द्र खड्काले धौलागिरी खबर अनलाइन र रिखार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन भएको समाचारको बिषयमा ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

“१२० दिनमै दुई करोड ४८ लाखको काम सक्नुपर्ने भएकाले सम्झौताको प्रक्रियासँगै निर्माण सामग्री जुटाउने क्रममा ३०० बोरा पिपिसी र ५० बोरा ओपिसी अग्नी ब्राण्डको सिमेन्ट लगेर ज्यामीरेमा भण्डारण गरेका हौ,” खड्काले भन्नुभयो “पिपिसी सिमेन्ट ढलानका लागि नभएर मेसिनरी पर्खाल निर्माणका लागि लगिएको हो । ढलानमा ओपिसीनै प्रयोग गछौ ।”

Shreekrishna hardwear in news

खड्काले ज्यामीरेमा मेसिनरी पर्खाल लगाउने बताएपनि सो क्षेत्रमा गत वर्षकै ठेक्काबाट ग्याबियन पर्खाल र नाली निर्माण भएको छ । यस वर्ष सडक ढलान गर्ने डिजाइन गरिएको ठाउँमा गाउँपालिकाका पदाधीकारी, कर्मचारी र प्राबिधिकको मिलेमतोमा पिपिसी सिमेन्ट लगेर राखेका ठेकेदारको योजना स्थानीयको खबरदारी र समाचार सार्वजनिक भएपछि असफल भएको स्थानीयबासीले बताएका छन् ।

ढलानमा ओपिसी सिमेन्ट प्रयोग गर्नुपर्नेमा पिपिसी सिमेन्ट प्रयोग गर्न लागिएको भन्दै स्थानीयबासीले बिरोध गरेका छन् । प्राबिधिकहरुका अनुसार ढिलो सेट हुने पिपिसी सिमेन्ट छिटो जम्ने र बढी मूल्य पर्ने ओपिसी सिमेन्ट भन्दा सस्तो पर्छ ।

Bhautik ministry notice about road

तिलक निर्माण सेवाका सञ्चालक खड्काले भने पिपिसी र ओपिसीको मूल्यमा प्रतिबोरा ११० रुपैयाँ फरक पर्ने भएपनि डिजाइन इस्टिमेटमा जे छ त्यही अनुसारको निर्माण सामग्री प्रयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । “मेलै ठेक्का लिएको ९० प्रतिशत योजना निर्धारित समयभित्रै सकेको छु,” खड्काले भन्नुभयो “यो आयोजना पनि जेठ महिनाभित्र सक्ने गरेर तयारी गरेको छु । काम सुरु नगर्दै यस्ता समाचार आयो भने हामीलाई काम गर्न अप्ठ्यारो पर्छ ।”

राष्ट्रिय योजना आयोग सँगको साझेदारीमा गाउँपालिकाले तीन करोड ३४ लाख रुपैयाँ लागत अनुमानमा ठेक्का आव्हान गरेको थियो । कम कबोलेको सो कम्पनीसँग मंगलबार दिउँसोसम्म सम्झौता भने भइसकेको छैन् । सम्झौता नगर्दै ठेकेदारले निर्माण स्थलमा कम गुणस्तरको निर्माण सामग्री आपुर्ति गर्नुलाई मिलेमतो र रहस्यको रुपमा शंका गर्न थालेका छन्् ।
म्याग्दीमा धेरै सडक र बिकास आयोजना ठेक्का लिएर अलपत्र पार्दै आएका निर्माण ब्यवसायी संघ म्याग्दीका बरिष्ठ उपाध्यक्ष बिपिन खड्काले सो आयोजनाको प्रतिनिधि आफू भएको प्रतिनिधि भएको दावी गर्दै आएपनि भुपेन्द्रले आफू भएको बताउनुभयो ।

मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले कुन गुणस्तरको सिमेन्ट प्रयोग गर्ने भन्ने तय र ठेक्का सम्झौता पनि भइनसकेको भन्दै ठेकेदारको संरक्षण गर्ने हिसाबले प्रतिक्रिया दिनुभएको थियो । इञ्जिनियर सुजन पौडेलले भने स्थानीयबासीले गुनासो गरेपछि प्राबिधिक बिपिन आचार्यलाई गोदाम निरिक्षणका लागि पठाएको बताउनुभयो ।

सो आयोजनाको ठेक्का प्रक्रियामा निर्माण ब्यवसायी बिपिन खड्काले प्राबिधिक, कर्मचारी र पदाधीकारीसँगको ‘सेटिङ’ मिलाएको आरोप अन्य निर्माण ब्यवसायीहरुले लगाएका छन् । मंगलाको सातबिसेबाट बसाई सराई गरेका भुपेन्द्र खड्का र बाबियाचौरका बासिन्दा बिपिन खड्का आफन्त हुन् । खड्काले भने गाउँपालिकासँग समन्वय नगरी निर्माण स्थलमा कम गुणस्तरको सिमेन्ट लैजानु कमजोरी भएको भन्दै त्यसलाई फिर्ता गर्ने प्रतिक्रिया दिनुभएको थियो ।

बि.स.२०७५ मा गाउँपालिकाले ट्याक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ न. वडा कार्यालय हुदै ४ नम्बर वडाको कार्यालय रहेको बुकेनी जोड्ने सडकको पोक देखि ज्यामीरे हुदै पहिरो खोरीया सम्मको पहिलो खण्डको स्तरोन्नति कार्य हालै सकिएको थियो ।

साबिक बरंजा गाबिसमा पर्ने ३ र ४ नम्बर वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई गाउँपालिकाले प्राथमिकता दिएको छ । यो सडकबाट एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुने भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...