संसद पुनस्थापना गर्न राजमो म्याग्दीको माग

Sinchai Khanipani notice

बेनी । राष्ट्रिय जनमोर्चा म्याग्दीले संसद पुनस्थापनाको माग गरेको छ । माघ २६ गते बेनीमा बसेको जिल्ला कार्य समितिको बैठकले संसद बिघटनलाई असंबैधानिक भएको ठहर गर्दै पुनस्थापनाको लागि दवावमुलक आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय जनमोर्चा म्याग्दीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संबिधानको गलत ब्याख्या र प्रयोग गरेर संसद बिघटन गरि प्रतिगामी कदम चालेपछि राजनीतिक अस्थिरता निम्तिएको र देशको प्रतिकुल परिस्थितिमा घोषणा भएको निर्वाचनले आर्थिक बर्वादीको सिर्जना गरेको जनाएको छ ।

Bhautik ministry notice about road

प्रधानमन्त्रीले आफ्टो पार्टीको आन्तरिक बिवादको बाहाना देखाई आवेगमा असंबैधानिक कदम चालेको, संबैधानिक निकायहरुमा बदनियतपुर्ण ढंगले नियुक्ति गरेको र सर्वाभौम अधिकार सम्पन्न संसदलाई बन्धक बनाउने जस्ता निरंकुश कदम चालेको राजमो म्याग्दीका अध्यक्ष छवी विश्वकर्माद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

Shreekrishna hardwear in news

“गणतन्त्र र धर्म निरिपेक्षता लगायत जनअधिकारलाई संकटमा पु¥याउने काम भएकाले उक्त कदमकोसर्वत्र बिरोधमा उत्रनको लागि आम जनसमुदायमा हार्दिक अपिल गर्दछौ,” विज्ञप्तिमा भनिएको छ “संसद पुनस्थापना गर्नको साथै महिलाहरुमाथिको बलात्कार र हत्याहिंसा बन्द गर्न सशक्त कदम चाली दोषीलाई कारबाहीको समेत माग गर्दछौ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...