बेनीको संसोधित बजेट र वातावरण बिधेयक पारित

Sinchai Khanipani notice

बेनी । म्याग्दीको बेनी नगरपालिकाको सोमबार सम्पन्न आठौ नगरसभाले चालु आर्थिक वर्ष २०७७÷७८ को संसोधित बजेट र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरेको छ ।

नगर उपप्रमुख सञ्जु बरुवालले प्रस्तुत गर्नुभएको संसोधित बजेट बक्तव्य र विपद् ब्यवस्थापन समितिका संयोजक तथा वडा न. १ का अध्यक्ष टेकबहादुर रावलले प्रस्तुत गर्नुभएको वातावरण सम्बन्धी बिधेयक पारित भएको हो ।

गत असार १८ गते सम्पन्न नगरसभाले ६२ करोड ३२ लाख ५८ हजार २६४ रुपैयाँको बजेट पारित गरेको थियो । गत आर्थिक वर्षमा खर्च हुन बाँकी बजेटलाई थप गरेर ६६ करोड सात लाख ४६ हजार ४४२ रुपैयाँको बनाइएको छ ।

Shreekrishna hardwear in news

संचित कोषमा रहेको मध्य दुई करोड ७८ लाख ८८ हजार ४७० रुपैयाँ विभिन्न योजनाहरुलाई बिनियोजन गर्ने कार्यपालिकाको बैठकको निर्णयलाई नगरसभाले पारित गरेको उपप्रमुख बरुवालले बताउनुभयो ।

बाँकी मध्य थप एक करोड ९० लाख ८० हजार रुपैयाँ पनि विभिन्न योजना तथा कार्यक्रममा बिनियोजन भएको छ । वडा न. ८ को कार्यालय र क्याम्पसचोकको बाढी ब्यवस्थापन गर्न निजी घरजग्गा अधिग्रहणका लागि ७२ लाख ७३ हजार रुपैयाँ बिनियोजन भएको छ ।

यसैगरी नगर उपप्रमुख बरुवालले गत आर्थिक वर्ष २०७६÷७७ मा कुल तीन करोड ३३ लाख ३८ हजार ५५० रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको पौष मसान्त सम्म एक करोड ४८ लाख १० हजार ९८७ रुपैयाँ संकलन भएको जानकारी गराउनुभयो । यस वर्ष नगरपालिकाले चार करोड तीन लाख रुपैयाँ राजस्व संकलन गर्ने प्रक्षेपण गरेको थियो ।

वातावरण सम्बन्धी ऐन बनेपछि नदीजन्य पदार्थको उत्खनन् निकासी र अन्य विकास आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षणको प्रतिवेदन नगर कार्यपालिकाले पारित गर्ने अधिकार पाएको छ । यसअघि जिल्ला समन्वय समितिले आइई प्रतिवेदन पारित गर्दै आएको थियो ।

Bhautik ministry notice about road

ऐनले फोहोरमैलाको ब्यवस्थापन र साँध सिमानाका रुख काट्ने अधिकारी पनि नगरपालिकाले प्रयोग गर्ने कानुनी बाटो खोलिदिएको प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदीले बताउनुभयो । फोहोर ब्यवस्थापनमा असहयोग र ऐनको उल्लङघन गर्नेलाई जरिवाना समेत गर्न पाउने ब्यवस्था गरिएको छ ।

नगरसभालाई सम्बोधन गर्नुहुदै नगरप्रमुख हरिकुमार श्रेष्ठले कोरोना नियन्त्रण र ब्यवस्थापनसँगै यस वर्ष क्याम्पसचोकको बाढी र वडा कार्यालय निर्माणका लागि जग्गा अधिग्रहण, बहुउद्देश्यिय मैदानमा बसपार्क सञ्चालन लगायतका बिकास आयोजना कार्यान्वयनमा तिब्रता दिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका ४०५ वटा मध्य हालसम्म १६२ वटाको सम्झौता र ३५ वटाको भुक्तानी समेत भएको जानकारी दिनुभयो ।

नगरसभालाई सम्बोधन गर्नुहुदै नगरप्रमुख हरिकुमार श्रेष्ठले कोरोना नियन्त्रण र ब्यवस्थापनसँगै यस वर्ष क्याम्पसचोकको बाढी र वडा कार्यालय निर्माणका लागि जग्गा अधिग्रहण, बहुउद्देश्यिय मैदानमा बसपार्क सञ्चालन लगायतका बिकास आयोजना कार्यान्वयनमा तिब्रता दिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका ४०५ वटा मध्य हालसम्म १६२ वटाको सम्झौता र ३५ वटाको भुक्तानी समेत भएको जानकारी दिनुभयो ।

अर्जुन मावि भकुण्डे बाहेकका बिद्यालयमा ब्यवस्थापन समिति पुर्नगठन भएको, दरबन्दि मिलान निष्कर्षउन्मुख भएको, ८३५ जना बेरोजगारको विवरण संकलन गरि प्रधानमन्त्री रोजगार कार्यक्रममा परिचालन गर्न १४ वटा योजनालाई एक करोड २२ लाख रुपैयाँ बिनियोजन गरेको बताउनुभयो ।

सबै वडा कार्यालयमा अनलाइनबाट व्यक्तिगत घटना दर्ता सुरु गरेको, एक गाउँ एक उत्पादन प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्न लागिएको, बिद्यालय नर्स कार्यक्रम सुरु गरेको र कोरोना रोकथाममा विभिन्न कार्यक्रम भएको जानकारी दिनुभयो । पशु सेवा तर्फ हालसम्म तीन हजार १४४ पशुको उपचारका साथै १५६ जना कृषकलाई निशूल्क घाँसको बिउ बितरण गरेको बताउनुभयो ।

न्यायिक समिति मार्फत गत वर्षको बाँकी रहेका ४ वटा र यस वर्ष थपिएका ४ वटा मध्य तीन वटा मुद्दाको फस्यौट भएको छ । अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र बितरणका साथै हिंसा प्रभावितहरुको लागि सेवा केन्द्र स्थापना गरिएको छ । लघुउद्यम बिकास कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...