मुख्यमन्त्री कप खेल्ने म्याग्दीका खेलाडी छनौट

Sinchai Khanipani notice

बेनी । आगामी फागुन ४ देखि ८ गते सम्म प्रदेश राजधानी पोखरामा सञ्चालन हुन लागेको प्रथम मुख्यमन्त्री कपमा म्याग्दीबाट सहभागि हुने भलिबल खेलका खेलाडी छनौट भएका छन् ।

जिल्ला भलिबल संघ म्याग्दीले माघ २१ र २२ गते आयोजना गरेको छनौट खेलमा छनौट भएका महिला तथा पुरुष भलिबलको टोलीमा सहभागी हुनेको नाम आइतबार सार्वजनिक गरिएको हो ।

अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रने म्याग्देली टिममा पबित्रा बिसी, मनिषा तिलिजा, सुजन पाइजा, धना छन्त्याल, अर्जुना राम्जाली, सस्मिता पुन, दुर्गा पाइजा, कला पुन, रेबिका घर्ती मगर, मेनुका तिलिजा र वर्षा फगामी छनौट भएका जिल्ला भलिबल संघका तेजेन्द्र बानियाले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

महिला भलिबलको बैकल्पिक खेलाडी तर्फ लाली पाइजा, रिता रसाइली, सर्मिला पुन, मुना पुन, निशा पाइजा, सुस्मिता तिलिजा, सबिता पुन र सुजना खत्री रहेका छन् ।

सुजन चोखालको नेतृत्वमा रहने पुरुष भलिबलको टिममा निशान पुर्जा, विशाल भण्डारी, रामकृष्ण खत्री, मनिश मल्ल, रनिक गर्बुजा, सन्दिप चोखाल, वीर बहादुर दर्जी, खिम बहादुर सेन, सुनिल सुन्दास, कुलेन्द्र बुढा र खुम गर्बुजा छनौट भएका छन् ।

यसैगरी बैकल्पिक खेलाडीतर्फ राजु बिक, अशोक खत्री, मिशन पाइजा, दिपेन्द्र खड्का, चयन्द्र थापा, सन्तोष पुन, शिव श्रेष्ठ र सन्जोक थापा गरि आठ जना खेलाडीहरु चयन भएका छन् । छनौट भएका खेलाडीहरुलाई एक हप्ताको बन्द प्रशिक्षण गराइने छनोट समितिका संयोजक रमेशकुमार श्रेष्ठले बताउनुभयो । जिल्ला स्तरीय छनौट खेलमा महिलातर्फ ४० र पुरुषतर्फ ४६ जनाले सहभागिता जनाएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...