अनेमसंघद्धारा प्रतिनिधिसभा पुनःस्थापनाको माग

Sinchai Khanipani notice

बेनी । नेकपाको प्रचण्ड–नेपाल समूह सम्बद्ध अखिल नेपाल महिला (अनेमसंघ) म्याग्दीले प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै आइतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलाई ज्ञापनपत्र पठाएका हुन् ।

Bhautik ministry notice about road

अनेमसंघको जिल्ला संघर्ष समितिका ज्योति लामिछानेको नेतृत्वमा प्रशासनमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

संबिधानले प्रधानमन्त्री चुन्न नसकेको अवस्थामा मात्र प्रतिनिधिसभा बिघटन गर्ने ब्यवस्था गरेकाले देशमा राजनीतिक स्थिरता, संबिधान र हालसम्मका उपलब्धीको रक्षाका लागि प्रतिनिधिसभा पुनस्थापना गर्न माग गरिएको छ ।

यसैगरी संघले बैतडीकी भागिरथी भट्टको बलात्कारपछि हत्याको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाहीको माग गरेको छ । २०७७ पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधिसभा बिघटन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...