बेनीमा प्रचण्ड नेपाल समूहको बिरोध सहित शक्ति प्रर्दशन

Gandaki Pardesh notice

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आइतबार बेनीमा बिरोध सहितको शक्ति प्रर्दशन गरेको छ ।

प्रतिनिधिसभा बिघटनको बिरोध, संसद पुनस्थापनाको माग र असंबैधानिक तबरले गरिएको संबैधानिक निकायको पदाधीकारी नियुक्ति खारेजको माग गर्दै बिरोध प्रर्दशन गरेका हुन् ।

यसलाई म्याग्दीका प्रचण्ड–नेपाल समूहका नेताहरुले आफ्नो शक्ति प्रर्दशन भएको बताएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको बिरोध ¥याली जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत हुने नेकपा म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news

बिरोध सभामा सहभागि हुन सदरमुकाम आसपासका साथै ग्रामिण क्षेत्रबाट पनि नेता कार्यकर्ता बेनी आएका छन् । उनिहरुले प्रतिनिधिसभा पुनस्थापना गर्न र संबैधानिक निकायमा गरिएको नियुक्ति खारेज गर्नुपर्ने लगायतका नारा लगाएका छन् ।

Bhautik ministry notice about road

भ्रष्ट्राचारीलाई कारबाही, सबै नागरिकलाई कोरोनाको निशूल्क खोप लगाउन, बिकास निर्माणमा भएको ढिलासुस्ति हटाउन, भ्रष्ट्राचार, महँगी नियन्त्रण र शुसासन कायम गर्न नारा लगाएका छन् ।

सहभागिहरुले प्रधानमन्त्री केपी ओली बिरुद्ध नाराबाजी गरेका छन् । सभालाई नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज देबेन्द्र पौडेल, केन्द्रिय सदस्य रामकुमारी झाँक्री लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेपछि असंबैधानिक कदम भएको भन्दै नेकपाको प्रचण्ड माधव समूह, नेपाली काग्रेस, जनता समाजवादी पार्टीका साथै नागरिक समाजले आन्दोलन गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले संबिधान बिपरित संसद बिघटन गरेर राजनीतिक अस्थिरता निम्ताएको, तानाशाह बन्न खोजेको, संबैधानिक निकायमा हस्तक्षेप गरेको, भ्रष्ट्राचारीलाई संरक्षण गरेको आन्दोलनरत पक्षको आरोप छ । संबैधानिक सुनुवाई बिनै संबैधानिक निकायमा आफ्ना कार्यकर्ता भर्ति गरेर ओलीले संबिधानमाथि अर्को प्रहार गरेको भन्दै नागरिक समाजले पनि बिरोध गरिरहेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...