कृषिका कार्यक्रममा छनौट भएका कृषकलाई अभिमुखीकरण

Sinchai Khanipani notice

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक बर्षमा सञ्चालन हुने कार्यक्रममा छनौट भएका कृषकहरुलाई अभिमुखीकरण सुरु गरेको छ ।

बेनी स्थित ज्ञान केन्द्रको कार्यालयमा शुक्रबार सुरु भएको अभिमुखीकरण आइतबार सकिदैछ । तीन वटा समूहमा बाडेर १०० जनालाई अभिमुखीकरण गरिएको कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

साना सिचाई, साना ब्यवसायिक फर्म, पलास्टिक घर बिस्तार, फलफुल बिरुवा नर्सरी, रैथाने बाली संरक्षण कार्यक्रममा छनौट भएका कृषक, समूह र सहकारीका पदाधीकारीलाई प्रशिक्षण दिइएको कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताउनुभयो ।

Shreekrishna hardwear in news

उनिहरुलाई कार्यक्रम कार्यान्वयनका क्रममा अपनाउनुपर्ने प्राबिधिक, आर्थिक र प्रशासनिक बिषयमा अभिमुखीकरण गरिने भएको छ । कार्यालयका प्रमुख गोबिन्दराज कोइराला, कृषि प्रसार अधिकृत पाण्डे, लेखापाल तेजप्रसाद पौडेल र कृषि प्राबिधिक कल्पना मगरले अभिमुखीकरण गर्नुहुने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...