बेनीमा पाँच जिल्लाका सहकारीकर्मीको सिकाई ब्यवस्थापन कार्यशाला

Sinchai Khanipani notice

बेनी । म्याग्दीको बेनीमा शनिबार पाँच जिल्लाका सहकारी कर्मीहरुको कार्यमुलक तथा सिकाई ब्यवस्थापन कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

म्याग्दी, स्याङ्जा, तनहुँ, लमजुङ र कास्की जिल्लाका सहकारी संस्थाको सञ्चालक समितिका पदाधीकारी, ब्यवस्थापक र कर्मचारी गरि ४० जनाको सहभागिता रहेको थियो । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफस्कुन) को प्राबिधिक सहयोगमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्यक्रम आयोजना गरेको हो ।

Bhautik ministry notice about road

नेपाल सरकारले ब्यवस्थापकीय हिसाबले सहकारीको अन्तराष्ट्रिय मापदण्डमा परेका सहकारी संस्थाहरुको कार्यशाला सञ्चालनका लागि नेफस्कुनलाई जिम्मेवारी दिएको छ । धौलागिरी क्षेत्रमा दरवाङमा केन्द्रिय कार्यालय र सात वटा सेवा केन्द्र रहेको पश्चिम नेपाल सहकारीमात्र यो स्तरको हो ।

Shreekrishna hardwear in news

कार्यक्रममा सहकारीको सञ्चालन, ब्यवस्थापनमा गरेका असल अभ्यास, समस्या र समाधानका उपायका बिषयमा छलफल तथा अनुभव आदानप्रदान गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै नेफस्कुनका सञ्चालक समिति सदस्य चण्डीप्रसाद पौडेलले सहकारीको सेवालाई बिबिधिकरण, आधुनिकिकरण, प्रतिस्पर्धी बनाउनुपर्ने र दुई लाख लिएर सदस्यलाई एक लाखको सेयर दिने बिकृति हटाउनुपर्ने बताउनुभयो ।

पश्चिम नेपाल साकोसका सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता, सचिव हरिप्रसाद पौडेलको सञ्चालन र उपाध्यक्ष भिमप्रसाद गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यशालाको नेफस्कुनका अधिकृत मनोज खड्काले सहजिकरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...