पत्रकार गौतमद्धय पुरस्कृत

Gandaki Pardesh notice

म्याग्दी । म्याग्दीका पत्रकार सन्तोष गौतम र हरिकृष्ण गौतम नगद २५, २५ हजार सहित शनिबार पुरस्कृत हुनुभएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघले पत्रकारिता मार्फत जिल्लाको पर्यटन प्रर्वद्धनमा योगदान पु¥याएवापत गौतमद्धयलाई पुरस्कृत गरेको हो । संघको २७ औ साधारणसभा तथा ११ औ अधिवेशनको अवसरमा धौलागिरी खबर अनलाइनका सञ्चालक तथा रिखार दैनिकका प्रकाशक समेत रहेका गौतमलाई पुरस्कृत गरिएको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना र म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले गौतमद्धयलाई नगद र सम्मानपत्र प्रदान गर्नुभएको थियो । संघले सञ्चालन गरेको म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा म्याग्दीको पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

१४ वर्षदेखि म्याग्दीको पत्रकारितामा सक्रिय गौतम रासस, अन्नपूर्ण पोष्ट् दैनिक, सगरमाथा टिभी, पालिका खबर र धौलागिरी टेलिभिजनमा पनि आवद्ध हुनुहुन्छ । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष कर्माचार्यको ंसंयोजकत्वमा महासचिव लीलाराम गौतम र पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्मा सदस्य रहेको छनौट समिति गठन भएको थियो ।

भ्रमण वर्ष र पर्यटनसँग सम्बन्धीत समाचारहरुको मूल्याङकन गरेर गौतमद्धयलाई पुरस्कृत गरिएको संघका महासचिव गौतमले बताउनुभयो । सो अवसरमा जिल्लाका उत्कृष्ट उद्यमी र ब्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...