ढुक्कसँग निदाउने आशामा क्याम्पसचोकबासी (भिडियो रिपोर्ट सहित)

Sinchai Khanipani notice

बेनी, । करिब डेढ दशकदेखि त्रासमा बर्खायाम बिताएका बेनी नगरपालिका–८ क्याम्पसचोकका बासिन्दा आउने बर्खामा ढुक्कसँग निदाउने आशामा छन् ।

बेनी नगरपालिकाले पाखोको खोल्सामा ग्याबियन जाली जाली निर्माणसँगै भलबाढीलाई सहज निकास दिन घरजग्गा अघिग्रहण गरेपछि क्याम्पसचोकबासीले ढुक्कको सास फेर्न पाएका हुन् ।
क्याम्पसचोकमा डेढ दशक देखिको बाढीको समस्या समाधान र वडा कार्यालय स्थापनाका लागि जग्गा अधिग्रहण भएको छ ।

पाखोबाट आउने भलबाढीको निकासलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय मार्फत एक करोड २१ लाख रुपैयाँमा एक वटा घर सहित चार आना एक पैसा निजी जग्गा अधिग्रहण गरेको वडा अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“दुई तले घरको भुई तला खाली गरेर नाली र कालीपुलतर्फ जाने बाटो बनाउने तथा माथिल्लो तलामा वडा कार्यालय स्थापना गर्ने तयारी गरेका छौ,” उहाँले भन्नुभयो “अधिग्रहण भएको घरजग्गा ब्यवस्थापनको काम छिट्टै सुरु गछौ ।”

बेनी–पाखापानी सडक निर्माणसँगै नालीको भल आँपरुखको घुम्तिबाट खोल्साबाट बगाउन थालिएपछि बि.स २०६३ देखि हरेक बर्खामा आउने बाढीले घर डुबान हुने र पसलमा क्षति पुग्ने गरेको थियो । बाढीबाट क्याम्पसचोक, शिक्षामार्ग, पिपलचोक र गणेशटोलका १३३ घरधुरी प्रभावित थिए ।

Bhautik ministry notice about road

बाढी नियन्त्रणका लागि खोल्सामा पक्कि नाली र सडक ढलानका साथै पाखोमा ग्यावीयन पर्खालको छेकबाँध निर्माण भएको छ । क्याम्पसचोकमा घरजग्गा अघिग्रहण गरेर बाढीलाई दिर्घकालिन निकास दिने तयारी गरिएपछि खुसी लागेको स्थानीय घनश्याम सापकोटाले बताउनुभयो ।

“आउने बर्खामा ढुक्कसँग निदाउन पाइने आशा जागेको छ,” उहाँले भन्नुभयो “नगरपालिकाले जति सक्दो छिटो ब्यवस्थापनको काम गर्नुपर्छ ।” जग्गा अधिग्रहण, वडा कार्यालय स्थापना र नाली निर्माण गर्न क्याम्पसचोकका बासिन्दाहरुले नगरपालिकालाई २२ लाख रुपैयाँ उपलब्ध गराएका छन् ।

बाढी प्रभावित करिब ७० घरधुरीबाट स्वच्छिक रुपमा नगद संकलन गरेर नगरपालिकाको बिबिध खर्च शिर्षकको खातामा जम्मा गरेका थिए । बाढीको समस्या सधैभरीका लागि समाधान गर्न नगरपालिकालाई साथ दिन सहभागिता जनाएको स्थानीय गोबिन्द बानियाले बताउनुभयो ।

पाखोबाट आउने भलको सहज निकास नहुँदा क्याम्पसचोक क्षेत्रमा ढलका लागि बनाइएको नाला फुटेर सडक हिलाम्मे हुने, घर, पसलभित्र बाढी पस्ने गरेको छ । गत वर्ष खोल्सामा १२० मिटर नाली निर्माण र सडक ढलान गरेको नगरपालिकाले यसपालि क्याम्पसचोकमा थप ३३ मिटर नाली र सडक ढलान गर्न ठेक्का लगाएको छ ।

पाखोको खोल्सामा छेकबाँध बनाउन २०७४ मा १२ लाख र २०७५ मा २८ लाख खर्चेर छेकबाँध बनाएको थियो । नगरपालिकाले वडा न. ८ मै पर्ने कालीपुल र अस्पतालचोकमा आउने बाढी ब्यवस्थापनका लागि गत वर्ष नाली निर्माण र सडक ढलान गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...