रघुगंगाबासीलाई रगतको शूल्क नलाग्ने

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी अस्पतालमा उपचारका लागि आउने रघुगंगा गाउँपालिकाका बासिन्दाहरुलाई रगतको शूल्क नलाग्ने भएको छ ।

बेनी अस्पताल परिसरमा रक्तसञ्चार केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दी र रघुगंगा गाउँपालिकाबीच शुक्रबार निशूल्क रगत सुबिधा उपलब्ध गराउने सम्झौता भएको हो ।

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र रेडक्रसका शाखा सभापति लेखबहादुर हमालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । बेनी अस्पतालमा उपचारका लागि आउने रघुगंगा बासिलाई रक्तसञ्चार केन्द्रले निशूल्क रगत उपलब्ध गराउने र गाउँपालिकाले एकमुष्ट वार्षिक एक लाख रुपैयाँ रेडक्रसलाई दिने सम्झौता भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

रगत निशूल्क पाइने भएपनि परिक्षणका लागि भनेर शुल्क लिने गरिएको छ । रक्तसञ्चार केन्द्रमा नभएको रक्तसमूहको रगत आवश्यक पर्ने बिरामीका लागि रेडक्रसले स्वमसेवी रत्तदाता खोजेर ब्यवस्था मिलाउने भएको छ ।

२०७८ पुष मसान्तसम्मका लागि एक वर्षे सम्झौता भएको छ । अन्य पालिकाहरुसँग पनि सम्झौताको तयारी गरिएको रेडक्रसका शाखा सभापति हमालले बताउनुभयो ।

गाउँपालिकाले निशूल्क रगत पाउने ब्यवस्था मिलाएपछि बेनी अस्पतालमा उपचारका लागि आउने रघगंगा बासीलाई सहज र सुबिधा पुग्ने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...