टच मरांग जापानद्धारा स्वास्थ्य चौकीलाई प्रबिधिका सामग्री सहयोग

Gandaki Pardesh notice

बेनी । टच मराङ्ग जापान सेवा समाजले धवलागिरी गाउँपालिका–६ को मराङ स्वास्थ्य चौकीलाई प्रबिधिका सामग्री सहयोग गरेको छ ।

जापानमा बिरबहादुर गर्बुजा र दिपक सुबेदीको संयोजनमा आर्थिक सहयोग जुटाएर स्वास्थ्य चौकीको प्रशासनिक काम गर्नका लागि आवश्यक प्रबिधिका सामग्री सहयोग गरेका हुन् । सहयोग जुटाउन स्वास्थ्य चौकीका प्रमुख मोहन गर्बुजाले समन्वय गर्नुभएको थियो ।

टच मराङ्ग जापान सेवा समाजका अभिभावकहरुले शुक्रबार एक लाख बाह् हजार रुपैयाँ मूल्य बराबरको एक थान डेक्सटप कम्प्युटर, एक थान प्रोजेक्टर र फोटोकपी मेसिन स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सो कार्यक्रममा यसअघि स्वास्थ्य चौकीलाई तीस हजार रुपैयाँ मूल्य बराबरका सामग्री सहयोग गरेका पुख्यौली नाच समूहलाई सम्मान गरिएको थियो । जापानबाट पठाएर सामग्री खरिदमा बचेको तीन सय रुपैयाँ स्वास्थ्य चौकीको अक्षयकोषमा राखिएको छ ।

वडा अध्यक्ष राजाराम सुबेदीको अध्यक्षता र स्वास्थ्य चौकीका प्रमुख मोहन गर्बुजाको सञ्चालनमा भएको कार्यक्रममा कोरोना अस्पतालका चिकित्सक एकराज भण्डारीले कोरोना र नसर्ने रोगका बिषयमा सहभागीलाई अभिमुखीकरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...