दाना– कुश्मा प्रशारण लाइन र सब–स्टेशन उद्घाटन (फोटो फिचर )

Gandaki Pardesh notice

खुर्कोट । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार म्याग्दीको दाना र पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको प्रशारण लाइन तथा सबस्टेशनको भर्चुअल बिधिबाट उद्घाटन गर्नुभएको छ ।

बालुवाटार स्थित एक्सन रुमबाट कुश्मा–२ खुर्कोटमा रहेको सबस्टेशन उद्घाटन गर्नुभएको प्रधानमन्त्री ओलीले नेपाल अब बिद्युत निर्यातको बाटोमा अघि बढेको बताउनुभयो । बिहान ११.१५ मा भौतिक उपस्थितिमा ओलीले उद्घाटन गर्ने तयारी भएको थियो ।

अन्तिम अवस्थामा बिशेष कारण देखाएर उद्घाटन समारोहमा हेलिकप्टरबाट उर्जामन्त्री टोपबहादुर रायमाझी लगायत बिद्युत प्राधिकरणका अधिकारीहरु आउनुभएको थियो । सचिवालयबाटै दिउँसो करिब १२ बजे जुम मार्फत आयोजनाको उद्घाटन गरेका प्रधानमन्त्रीले आगामी बर्षदेखि नेपालले भारत र बंगलादेशलाई बर्खा याममा बिजुली बेच्ने तयारी गरेको बताउनुभयो ।

Shreekrishna hardwear in news

‘अहिले हामीले हिउँदमा भारतबाट केही खरिद गर्नुपरेको छ । वर्षायाममा हाम्रो उत्पादन बढी भएको छ,’ उहाले भन्नुभयो, ’धेरै आयोजना सम्पन्न हुने चरणमा छन् । एक वर्षभित्र हिउँदमा समेत हामीलाई पुगेर बढी हुने विद्युत उत्पादन हुँदैछ ।’

राजनीतिक बिषयमा नबोल्नुभएका ओलीले सरकारले यातायात, बिद्युत, खानेपानी, सडक र पुननिर्माण लगायत पुर्बाधारको क्षेत्रमा उल्लेख्य काम गरेको दावी गर्नुभयो । उहाँले म्याग्दी, बागलुङ लगायत पहिरो प्रभावित क्षेत्रमा पुननिर्माणको काम गर्न कार्यबिधी तयार पारिसकेको बताउनुभयो ।

कार्यक्रममा सहभागी उर्जा जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले सरकारले विद्युत उत्पादनमा उत्साहजनक सफलता हासिल गर्दै गएको दाबी गर्नुभयो । ‘०७२ सालमा हामी सरकारमा जाँदा १८ घण्टासम्म लोडसेडिङ थियो । त्यसलाई चिर्न हामीले ९९ बुँदे मास्टर प्लान बनाएर अघि बढ्यौं । लोडसेडिङ हटाउँछौं भन्यौं,’ उहाले भन्नुभयो, ‘त्यसकै उपज अहिले हामी विद्युतमा आत्मनिर्भर भइसकेका छौं । अबको २० वर्षभित्र ४२ हजार मेगावाट विद्युत उत्पादन गरेर विद्युतबाटै सम्बृद्धी हाँसिल गर्ने यात्रामा छौं ।’

गत सोमबार उद्घाटन गरेको ढल्केबर सबस्टेसन तथा कुश्मा–दाना सबस्टेसन पनि त्यसकै उपज भएको मन्त्री रायमाझीले बताउनुभयो । मन्त्री रायमाझीले ओलीसँग आफ्नो लय र गति मिलेको बताउँदै आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको विकल्प खोज्न नहुने बताउनुभयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले नेपालकै दोस्रो ठुलो कालीगण्डकी प्रशारण करिडोरको खुर्कोट–दाना सम्पन्न भएपछि धौलागिरिवासीमा खुसियाली छाएको दाबी गर्नुभयो । उहाँले गण्डकी प्रदेश सरकार विद्युत, स्वास्थ्य, शिक्षा, खानेपानी र सडक पूर्वाधारले समृद्ध बन्नेगरी दिगो योजनाका साथ अघि बढेको बताउनुभयो । संविधानसभा सदस्य कल्पना चापागाई, प्रतिनिधि सभाका पूर्व सांसद पदम गिरीलगायतले समृद्धिको कार्यभारसहित अघि बढेको सरकारलाई काम गर्न नदिने अवस्था आएपछि संसद विगठन गर्नुपरेको बताउनुभयो ।

Bhautik ministry notice about road

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सबस्टेसनको निर्माण समय, लागत, प्राविधिक, भौगोलिक पक्ष लगायतबारे जानकारी गराउनुभयो । तीन अरब ६७ करोड लागत स्टिमेट गरिएको आयोजना तीन अरबभित्रै सकिएको उहाँले बताउनुभयो ।

२०१६ को ३० मेमा टाटा–चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, जग्गाधनीसँगको बिवाद, बाढी र पहिरोका कारण लक्ष्य भन्दा दुई वर्ष ढिलागरी निर्माण सकिएको हो । यो आयोजना अन्य प्रशारण लाइनको तुलनामा छिटो निर्माण भएको बिद्युत प्राधिकरणले दावी गरेको छ ।

दानादेखि खुर्कोटसम्मको ३९.६ किलोमिटर दुरीको लाइनमा ६०० मेगावाट र खुर्कोटदेखि बुटवल सम्मको प्रसारण लाइनमा १५ सय मेगावाट विद्युत प्रसारण क्षमता रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले बताउनुभयो ।

चार्ज र परिक्षण भइसकेको प्रशारण लाइन र सबस्टेशन अहिले नो लोडमा सञ्चालन गरिएको छ । नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको ४२ मेगावाट क्षमताको मिस्ट्रिखोलाले उत्पादन सुरु गरेपछि लोडमा सञ्चालन गरिने भएको छ । मोदी सबस्टेशनबाट १३२ केभीको बिद्युत ल्याएर चार्ज र परिक्षण गरिएको थियो । अहिले मोदी हुदै पोखरा सबस्टेशनमा जोडिएको छ ।

निर्माण सम्पन्न भएका घलेम्दी, थापाखोला र निर्माणको चरणमा रहेका राहुघाट, कालीगण्डकी गर्ज लगायत आयोजना यस करिडोरले समेट्छ । यो हालसम्म नेपालमा निर्माण भएका मध्य केही दिनअघि उद्घाटन भएको ४०० केभी क्षमताको ढल्केवर सबस्टेशनपछिको दोस्रो ठूलो हो । आयोजना ब्यवस्थापन निर्देशनालयका प्रमुख मनोजकुमार सिलवालले यो आयोजना निर्माणमा सहयोग गर्नेहरुलाई धन्यवाद दिनुभयो ।

कालीगण्डकी र आसपासका नदीमा उत्पादीत बिद्युत केन्द्रिय ग्रिडमा जोड्ने उद्देश्यले निर्माण भएको यो आयोजना बिद्युत जोड्न तयार भएको छ । एशियाली बिकास बैंकको सहयोगमा आयोजना निर्माण भएको हो । सबस्टेशनको भौतिक पुर्बाधारको काम भने बाँकी छ । भवनहरुको फिनिसिंग गर्न, घेराबार गर्न केही समय लाग्ने जनाइएको छ ।

नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्म १४२ किलोमिटर प्रशारण लाइन निर्माण गर्ने लक्ष्य अनुसार खुर्कोट देखि बर्दघाटतर्फ पनि प्रशारण लाइन निर्माण भइरहेको छ । कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाले कालीगण्डकी र सहायक नदीहरुमा बिद्युत बिकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...