बेनी र दरवाङमा नेकपाको प्रचण्ड–नेपाल समूहको मसाल जुलुस

Gandaki Pardesh notice

बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनी र दोस्रो ब्यापारिक केन्द्र दरवाङ बजारमा मसाल जुलुस निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा बिघटन र संबैधानिक निकायमा प्रक्रिया पुरा नगरि गरिएको नियुक्तीको बिरोधमा बिहीबार घोषणा गरिएको आमहडतालको पूर्वसन्ध्यामा मसाल जुलुस निकालिएको हो ।

नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ, अनेरास्ववीयू लगायत भातृ संगठनहरुले क्याम्पसचोकबाट निकालेको मसाल जुलुस हुलाकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । राष्ट्रिय युवा संघका नेता नगेन्द्र केसीले सञ्चालन गरेको कोणसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कृष्णकुमार बिश्वकर्माले ओलीले एक पछि अर्को असंबैधानिक कदम चालेर तानाशाही शैली अपनाएका बताउनुभयो ।

Shreekrishna hardwear in news

ओलीको असंबैधानिक कदम र शक्ति सन्तुलनको सिद्धान्त बिपरित एकलौटी हिसाबले कार्यकर्ताहरुलाई संबैधानिक निकायमा नियुक्त गर्न थालेकाले बाध्य भएर आमहडताल गर्नुपरेको उहाँले बताउनुभयो ।

Bhautik ministry notice about road

जुलुसमा गण्डकी प्रदेशका सांसद बिनोद केसी, नेकपाका जिल्ला कार्यालय सदस्य रेशम जुग्जाली लगायतका नेताहरु पनि उपस्थित हुनुहुन्थ्यो । मसाल जुलुसमा “माघ २२ गते नेपाल बन्द सफल पारौँ, केपी ओली मुर्दावाद” लगायत नारा लगाएका थिए ।

मसाल नियन्त्रणमा लिन खोज्दा प्रहरी र नेकपाका कार्यकर्ताहरुबीच राँको खोसाखोस भएको थियो । यसैगरी मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा पनि मसाल जुलुस प्रर्दशन गरिएको नेकपाका स्थानीय नेता अनुप गौचनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...