दाना–खुर्कोट प्रशारण लाइन र सब–स्टेशनको भोली प्रधानमन्त्रीले उद्घाटन गर्ने

Gandaki Pardesh notice

बेनी । म्याग्दी र पर्वतमा निर्माण भएको २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन र सब–स्टेशनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने भएको छ ।

पर्वतको कुश्मा नगरपालिकाको खुर्कोटमा बिहीबार ११.१५ मा प्रधानमन्त्री ओलीले प्रशारण लाइन र सबस्टेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले २२०÷१३२ केभी क्षमताको खुर्कोट सबस्टेशन, २२०÷१३२÷३३ केभी क्षमताको दाना सबस्टेशन र २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन निर्माण गरेको छ । सबस्टेशनमा जडान भएका उपकरण र प्रशारण लाइनको परिक्षण सफल भएपछि सञ्चालनका लागि तयार भएको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो ।

नेपाल बिद्युत प्राधिकरणले एशियाली बिकास बैंकको सहयोगमा सन २०१६ को ३० मे मा दाना–खुर्कोट प्रशारण लाइन आयोजना निर्माण सुरु गरेकोे थियो । ३९.६ किलोमिटर दुरीको दाना–खुर्कोट प्रशारण लाइन र सबस्टेशन निर्माण गर्न टाटा–चिन्ट इलेक्ट्रिक जेभीले रु. २ अरब ९० करोडमा ठेक्का लिएको थियो ।

Shreekrishna hardwear in news

११० वटा टावर बनाएर डबल सर्किटको तार तानिएको छ । ट्रान्सफर्मर चार्ज सफल भएपछि घलेम्दी जलबिद्युत आयोजनाको बिद्युत सबस्टेशनमा जडान भइसकेको छ । स्थानीय आयोजनाबाट उत्पादीत बिद्युत कम क्षमताको भएकाले मोदी–चुवा हुदै १३२ केभी क्षमताको लाइन ल्याएर खुर्कोट र दाना सबस्टेशन चार्ज गरिएको थियो ।

Bhautik ministry notice about road

दाना सबस्टेशन अन्तरगत ५ मेगावाट क्षमताको घलेम्दीखोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलद्यिुत आयोजना चालु छन् । निर्माण भएको करिब तीन वर्षपछि थापाखोला पूर्ण क्षमतामा केन्द्रिय ग्रिडमा जोडिन लागेको हो ।

जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, जग्गाधनीसँगको बिवाद, बाढी र पहिरोका कारण लक्ष्य भन्दा दुई वर्ष ढिला गरी आयोजना निर्माण सकिएको हो । सन २०१८ को नोबेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

दाना र खुर्कोटमा चार÷चार वटा पल्टमा स्विचार्ड बनाइएको छ । पावर पलान्ट र प्रशासनिक भवनको रंगरोगन भइरहेको छ । कर्मचारी आवास र अतिथी गृहको भवन पनि निर्माणको अन्तिम चरणमा छन् । १५६ रोपनी क्षेत्रफलमा फैलिएको सबस्टेशनको वरपर पक्कि पर्खाल लगाएर घेराउ गरिएको छ ।

खुर्कोट देखि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सब स्टेशन जोड्ने ६ किलोमिटर लामो प्रशारण लाइनको परिक्षण सफल भइसकेको छ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रिय ग्रिडमा जोड्न सबस्टेशन र प्रशारण लाइन निर्माण भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...