कुइनेमंगलेमा निशूल्क स्वास्थ्य शिबिर

Gandaki Pardesh notice

बेनी । रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा मंगलबार निशूल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजनामा कोरोना अस्थाई अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा दिनुभएको थियो । शिबिरबाट ७५ जना लाभान्वित भएका गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टिकाबहादुर शाहीले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

कोरोना अस्पतालका चिकित्सक सन्तोष बोहोरा, स्वास्थ्य शाखा संयोजक शाही र कुइनेमंगले स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीहरुले सेवा दिनुभएको थियो । गाउँमै मेडिकल अफिसरको उपस्थितिमा स्वास्थ्य परिक्षण, परामर्श र औषधी बितरण सेवा दिइएको थियो ।

Shreekrishna hardwear in news

गाउँपालिकाले भौगोलिक रुपमा बिकट र दुर्गम क्षत्रका बासिन्दाहरुलाई गाउँमै स्वास्थ्य उपचार सेवा तथा परामर्श सेवा दिनका लागि सबै वडामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यसैगरी बिद्यालय स्तरमा कोरोना (भाइरस) र नसर्ने रोग सम्बन्धी सन्देशमुलक कार्यक्रम गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...