जलथले-फगाम हुदै धौलागिरी आधार शिविर जाने पदमार्ग निर्माण सुरु

Gandaki Pardesh notice

जलथले । म्याग्दी स्थित संसारको सातौ (८,१६७) मिटर अग्लो धौलागिरी हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर बराह हुदै रघुगंगा गाउँपालिका स्थित धौलागिरी हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्गमा पुर्बाधार निर्माण सुरु भएको छ ।

दानाका बासिन्दाले भेडाबाख्रा र गाइभैसीको गोठ लेक–बेशी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news

“सडक बिस्तारसँगै पुराना पदमार्ग र पर्यटकको बसाई छोटिएकाले नयाँ पदमार्ग पहिचान गरेका हौ,” उहाँले भन्नुभयो “गोठालाहरुले प्रयोग गरेको बाटोमा पुर्बाधार तयार पारेर पदमार्गमा रुपान्तरण गर्न थालिएको छ ।”

यसअघि पहिचान भएको नारच्याङ हुदै संसारमै पहिलो पटक आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधारशिविर जोड्ने “मौरिस हर्गोज” पदमार्गमा पर्यटन बिभागले पुर्बाधार निर्माण सुरु गरेको छ ।

जलथले हुदै चार देखि पाँच दिन पैदलयात्रा गरेर धौलागिरी आधार शिविरमा पुग्न सकिने स्थानीयबासीले बताएका छन् । गाउँपालिकाले चालू आर्थिक वर्षमा पदमार्गको प्रवेश बिन्दु जलथले देखि पदमार्ग निर्माण सुरु गरेको छ ।

Bhautik ministry notice about road

उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त सुबेदीले जलथले देखि फगामको चिहानडाडाको टावरसम्म पदमार्ग निर्माण सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार उकालोमा १.५ मिटर फराकिलो सिढी चिनेर एक हजार १३३ मिटर पदमार्ग बनाउन लागिएको छ ।

“२० सेन्टिमिटर उचाई र ४५ सेन्टिमिटर चौडाई भएको सिढी बनाउने डिजाइन छ,” अध्यक्ष सुबेदीले भन्नुभयो “बिभिन्न ठाउँमा ५ वटा चौतारी पनि बनाउने लक्ष्य छ ।” गाउँपालिकाले रु. दश लाख बिनियोजन गरेको जलथले–फगाम पदमार्ग निर्माणमा उपभोक्ताले रु. एक लाख २३ हजार बराबरको श्रमदान गर्नुपर्नेछ ।

फगाम, सुवा र जलथलेका बासिन्दा पदमार्ग निर्माणमा खटिएका छन् । ढुङ्गाको सिढी चिनेर पदमार्ग बनाउन लागिएको हो । गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले गत आर्थिक वर्षमा बजेट बिनियोजन भएपनि बन्दाबन्दीका कारण कार्यान्वयन हुन नसकेको योजनालाई यसपालि निरन्तरता दिएको बताउनुभयो ।

धौलागिरी आधार शिविर पुगेपछि रघुगंगा, अन्नपूर्ण र थासाङ गाउँपालिकाको सिमानामा पर्ने कालीबराह हुदै मुस्ताङ निस्कने अर्को धौलागिरी आइसफल पदमार्ग छ । यो पदमार्ग अन्तरगत पर्ने दानाको मतिचौर बराहमा १०८ धारा निर्माण सुरु भएको छ । धारा निर्माण गर्न गाउँपालिकाले रु. आठ लाख बिनियोजन गरेको छ ।

जनै पुर्णिमाको दिन पुजा आजा र मेला लाग्ने मतिचौर बराहलाई धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास गर्ने उद्देश्यले धारा निर्माण गर्न लागिएको उपभोक्ता समितिका सचिव गंगा पुनले बताउनुभयो । मतिचौर बराहमा जनै पुर्णिमाका दिन पुजाआजा र भाकल गरेमा मनले चिताएको कुरा पुरा हुने विश्वास छ ।

पदमार्गमा पुर्बाधार निर्माणलाई निरन्तरता दिनुका साथै नक्सा तयार पार्न प्राबिधिक टोलि सहित स्थलगत सम्भाब्यता अध्ययन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । ग्रामिण बस्ति, जनजिबन, वनजंगल, झरना, वन पैदावार, बन्यजन्तु, ताल तलैया र अग्ला पहाडबाट हिमालको दृष्य अवलोकन गर्न पाउनु यो पदमार्गको बिशेषता हो । पुर्बाधार तयार भएपछि पदमार्ग सञ्चालनमा ल्याउने गाउँपालिकाको तयारी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...