दरबाङमा ओली समूहको कार्यकर्ता भेला

Gandaki Ghumau

बेनी । दरवाङमा सोमबार नेकपाको ओली समूहको मालिका गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्दै ओली समूहको स्थायी कमिटि सदस्य थममाया थापाले वर्तमान सरकारले बिकास, सम्बृद्धी, सुशासन र राष्ट्रियताको पक्षमा धेरै राम्रा काम गरेको दावी गर्नुभयो । आफ्नै पार्टीका नेताहरुले अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रधानमन्त्रीले बाध्य भएर संसद बिघटन गरेर ताजा जनादेशका लागि निर्वाचनको घोषणा गर्नुभएको थापाको भनाई थियो ।

Gunasthariya Shiksya

सो भेलालाई ओली समूहका केन्द्रिय सदस्य नवराज शर्मा, हरिकृष्ण श्रेष्ठ, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, मालिकाका उपाध्यक्ष खरमाया बिटालु, दरवाङका वडा अध्यक्ष सन्तोष सुबेदी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले प्रतिनिधिसभा पुनस्थापना हुन नसक्ने र चुनावको तयारीमा जुट्न आग्रह गर्नुभयो । नेकपा ओली समूहका पालिका कमिटिका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

Shreekrishna
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...