गाउँसभाको निर्णय एक महिनामै कार्यान्वयन भएपछि धारापानीबासी खुसी

Gandaki Pardesh notice

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा स्वास्थ्य चौकी स्थापना भएको छ ।

साबिक ताकम गाबिसको १ र २ नम्बर वडामा पर्ने धारापानीका बासिन्दालाई ताकममा रहेको वडा स्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक परेपछि नयाँ चौकी स्थापना भएको हो ।
गाउँपालिकाले स्वास्थ्य चौकी स्थापना गरेपछि स्थानीयबासीको स्वास्थ्य सेवामा सहज पुहँच पुगेको धारापानीका किरन थापाले बताउनुभयो । “यसअघि सामान्य बिरामी हुदाँ पनि करिब एक घण्टा हिडेर ताकम अथवा दरवाङ पुग्नुपर्ने थियो,” उहाँले भन्नुभयो “स्वास्थ्य चौकी स्थापना भएपछि आधारभूत स्वास्थ्य सेवामा पहुँच पुगेको छ ।”

धारापानीमा गत साउनमा सुरु भएको सामुदायिक स्वास्थ्य इकाईलाई २०७७ पुष दोस्रो हप्ता भएको बिशेष गाउँसभाको निर्णय अनुसार स्वास्थ्य चौकीमा स्तरोन्नति गरिएको हो । सो गाउँसभाले ताकममा ५ शैया क्षमताको अस्पताल बनाउने र धारापानीमा स्वास्थ्य चौकी सञ्चालन गर्ने निर्णय भएको थियो ।

Shreekrishna hardwear in news

किसानी माबिमा एकिकरण भएको तत्कालीन धौलागिरी आधारभूत बिद्यालयको भवनमा स्वास्थ्य चौकी स्थापना भएको हो । तीन वटा मध्य दुई वटा कोठा स्वास्थ्य चौकीका लागि प्रयोग गरिएको छ । पुरानो भवन मर्मत गरिएको छ । स्वास्थ्य चौकीबाट धारापानीका ३५० घरधुरी लाभान्वित भएका छन् ।

Bhautik ministry notice about road

एक जना अहेव र एक जना अनमीको ब्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । “सेवाग्राहीको चाप र सेवाको प्रभावकारीता हेरेर थप जनशक्ति र पुर्बाधारको ब्यवस्थापन गर्छौ,” उहाँले भन्नुभयो “गाउँसभाले गरेको निर्णय एक महिनामै कार्यान्वयन गरेका छौ ।”

स्वास्थ्य चौकीबाट स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरणका साथै स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रम गरिने भएको छ । ताकममा अस्पताल भवन बनाउन यो बर्ष बिनियोजन भएको रु. ७० लाख बजेटको पनि ठेक्का प्रक्रिया सुरु गरेको छ ।

सात वटा वडा रहेको धवलागिरीमा धारापानी सहित ८ वटा स्वास्थ्य चौकी छन् । भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने बगर, खिवाङ र आरवाङमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको छ । प्रदेश सरकारसँगको साझेदारीमा मुना स्वास्थ्य चौकीको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

लुलाङ, ताकम र मराङ स्वास्थ्य चौकीको भवन यसअघिनै निर्माण भएको थियो । मल्कवाङ स्वास्थ्य चौकीको भवन निर्माणाधिन अवस्थामा छ । मुदी स्वास्थ्य चौकीको पनि आफ्नै भवन छैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...