दरवाङको सभाहल अख्तियारको छानबिनमा

Gandaki Pardesh notice

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारेमा निर्माण भएको बहुउद्देश्यीय सभाहल अख्तियार दुरुपयोग अनुसन्धानको छानबिनमा परेको छ ।

अस्वभाविक लागत बनाएर डिजाइन, ठेक्का प्रक्रियामा मिलेमतो र भवन निर्माणमा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय मार्फत छानबिन सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आयोगको निर्देशन अनुसार प्राबिधिक सहितको टोली बनाएर छानबिन सुरु गरेको जानकारी दिनुभयो ।

“छानबिन टोलीले भवनको नापजाँचका साथै सम्बन्धित कागजातको अध्ययन सुरु गरेको छ,” उहाँले भन्नुभयो “कागजातको अध्ययन र नापचाजँपछि तयार पार्ने प्रतिवेदन प्रशासनमा बुझाउछ । त्यसलाई राय सहित थप अनुसन्धानका लागि अख्तियारमा पठाउछौ ।”

Shreekrishna hardwear in news

टोलीमा प्राबिधिक, प्रशासनिक र लेखासँग सम्बन्धित अधिकृत स्तरका कर्मचारी छन् । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सभाहल निर्माणका लागि बागलुङको जयलक्ष्मी निर्माण सेवाले २०७६ फागुन १५ गते एक करोड चार लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

बिद्युतीय माध्यमबाट आव्हान गरिएको ठेक्का प्रक्रियामा दुई वटा फर्मले सहभागिता जनाएका थिए । २०७८ जेठ १५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको भवन गत पुष महिनामै सकिएको छ । लक्ष्य भन्दा छिटो काम भएको सो सभाहलको डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रियाका बिषयमा दरबाङका बासिन्दाहरुले शंकास्पद भएको प्रश्न उठाउदै आएका थिए ।

अस्वभाविक लागत बनाएको, अनुकुलका ठेकेदारलाई काम लगाउन भवन डिभिजनका कर्मचारीले ठेक्का प्रक्रियामा मिलेमतो र चलखेल भएको आरोप लागेको छ । १५० जना क्षमताको सो सभाहलको लम्बाई ७७ फिट ७ इञ्च र चौडाई ४२ फिट ३ ईञ्ज छ । एकतले सभाहल भवनमा पिल्लर बनाइएको छैन् ।

स्टेज, दुई वटा चेञ्जिङ रुम, तीन वटा शौचालय, पानी टंकी बनाइएको छ । टिनको छाना भएको भवनमा फलामका ट्रस राखिएको छ । ११ फिट अग्लो इटाको पर्खाल लगाइएको भवनको भुई ढलान गरिएको छ भने ट्रसको उचाई ५ फिट छ ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा मौवाफाँटमा बनाउन लागेको सभाहलको डिजाइन भने मालिकाको भन्दा फरक छ । पिल्लर राखिने तीन तले भवनको भुई तलामा बन्ने सभाहलको ढलान, पहिलो तलामा कोठा पार्टेसन गरेर फिनिसिंग र तेसो तलामा पिलर उठाउन हिमालयन बिल्डर्स ललितपुरले भ्याट सहित ६७ लाख सात हजार ५२६ रुपैयाँमा ठेक्का लिएको छ ।

गाउँपालिकाकै प्राबिधिकले डिजाइन तयार पारेको यो सभाहल भवनको लम्बाई ४८ फिट र चौडाई ३७ फिट रहेको छ । दरवाङको सभाहल निर्माणको डिजाइन र ठेक्का प्रक्रिया प्रदेश सरकार अन्तरगत यो वर्षदेखि खारेज भएको भवन डिभिजन कार्यालय बागलुङका कर्मचारीले गरेका थिए । गाउँपालिकाले सञ्चालन गर्ने योजनाको डिजाइन र ठेक्का प्रक्रियामा भवन डिभिजनका कर्मचारीको संलग्नता र सक्रियतालाई शंकाको रुपमा हेरिएको छ ।

गाउँपालिकाका लेखा अधिकृत फडिन्द्रप्रसाद आचार्यका अनुसार बीस लाख रुपैयाँ पेस्की लगेका निर्माण ब्यवसायीले दोस्रो चरणमा थप तीस लाख भुक्तानी लगेका छन् । अन्तिम बिल भुक्तानी गर्न कर्मचारीहरुले आनाकानी गरेको ठेकेदार कम्पनीका प्रतिनिधि बाबुराम सापकोटाले बताउनुभयो ।

सभाहलको ढोकामा प्रयोग भएका काठ बाङ्गिएपछि प्राबिधिकले फेर्न लगाएको थिए । सभाहल निर्माणमा आवश्यक पर्ने बालुवा निर्माण स्थलकै प्रयोग गरिएको मजदुर नाइके छिरी शेर्पाले बताउनुभयो । डिजाइन र लागत अनुमानमा भने बाहिरबाट खरिद गर्ने उल्लेख छ ।

मालिका गाउँपालिकाका इञ्जिनियर नमनारायण ढुङ्गानाले आफूहरु नियुक्त हुनुअघिनै भवन डिभिजनका प्राबिधिकले गरेको डिजाइन र ठेक्कामा १५ प्रतिशत ओभरहेड, १० प्रतिशत नाफा र डेढ प्रतिशत जमानत समेत जोडिएकाकाले लागत बढी देखिनु स्वभाविक भएको बताउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले प्रदेश सरकारले तयार पारेको डिजाइन अनुसार भवन डिभिजनको प्राबिधिक सहयोगमा ठेक्का लगाई पालिकाका प्राबिधिकहरुको निगरानीमा सभाहल निर्माण भएको हुनाले शंका गर्नु नपर्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...