महिला उद्यम बिकास समितिको कार्यसमिति चयन

khali

बेनी । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यमी विकास समितिको आइतबार बेनीमा सम्पन्न आऔँ साधारण सभा तथा छैटौ अधिवेशनबाट लक्ष्मी भण्डारी कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

khali

समितिको बरिष्ठ उपाध्यक्षमा अम्बिका श्रेष्ठ, प्रथम उपाध्यक्षमा बिष्णु गरुङ, दितृय उपाध्यक्षमा सृजना भट्टचन, महासचिवमा जानकी विश्वकर्मा, कोषाध्यक्षमा दिलु घताने, सचिवमा प्रमिला श्रेष्ठ, सहसचिवमा गिता शर्मा, सहकोषाध्यक्षमा राधिका सापकोटा निर्वाचित हुनुभएको छ ।

साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले समग्र विकासको लागि महिलाहरुलाई आयमुलक कार्यमा जोड्नु पर्ने बताउनुभयो । महिलाहरुलाई आय आर्जनसंग जोड्न महिला उघमी समितिले रचनात्मक कार्यक्रम लिएर अगाडि बढ्नु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा म्याग्दी उघोग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । समितिका अध्यक्ष सुनिता केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव बिष्णुकुमारी गुरुङले गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...