म्याग्दीमा कुष्ठरोगका प्रदेशमै धेरै बिरामी

Gandaki Pardesh notice

बेनी । गण्डकी प्रदेशका ११ मध्य म्याग्दी जिल्लामा कृष्ठ रोगका बिरामी धेरै देखिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा हाल १३ जना कुष्ठरोगका बिरामी छन् । गत आर्थिक वर्ष २०७६÷७७ मा १० जना र यो आर्थिक वर्षको पुष मसान्त सम्म ३ जना कृष्ठरोगका बिरामी भेटिएको कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

“प्रति दश हजार जनामा एक भन्दा कम ०.९० प्रतिशत कृष्ठरोगका बिरामी छन,” उहाँले भन्नुभयो “गण्डकीको अन्य भन्दा म्याग्दी जिल्लामा कृष्ठरोगका बिरामी धेरै छन् ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यो रोगको उपचार १२ महिना भन्दा बढी हुने भएकाले बढी देखीएपनि निवारणको लागि भिविन्न कार्यक्रमहरु गरिरहेको ६८ औ कुष्ठरोग दिवसको अवसरमा आइतबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

बिरामीले रोग लुकाउने र अन्तिममा उपचारका लागि अस्पताल आउने. प्रवृतिले उपचार र पहिचानमा समस्या भएको छ । “सामाजिक भेदभाव मुख्य चुनौति हो, रोग लाग्नु भन्दा पनि लागेपछि समाजले हेर्ने दृष्टिकोणले बिरामीलाई समस्या हुन्छ,” उहाले भन्नुभयो, “कुनै पनि लक्षण देखीए जति सक्दो छिटो उपचारमा आउन आवश्यक छ ।”

माईक्रोव्याक्टोरिया लेप्रे नामक किटाणुबाट सर्ने यो रोगको निशूल्क औषधि, उपचारको ब्यवस्था छ । कम सर्ने सरुवा रोगमा पर्ने कुष्ठरोगले छाला र नशामा असर गर्ने डाक्टरहरुको भनाई छ । स्वास्थ्य कार्यालयका परिवार नियोजनका शुपरभाईजर गणेश सुबेदीका अनुसार कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रङको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खाहरु देखापर्ने र स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांशपेशी कमजोर हुने गर्दछन् । यो रोगको समयमै उपचार नगर्ने हो भने अंगभंग हुने स्वास्थ्य कार्यालय जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...