बेनी संरक्षणको काम सुरु गर्न जनदबाव

Gandaki Pardesh notice

बेनी । कालीगण्डकी र म्याग्दी नदीको कटान नियन्त्रण गरि म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षण योजना निर्माणमा ढिलाई भएको छ ।

गत बर्खामा कालीगण्डकीमा आएको बाढीले म्याग्दी बेनी, पर्वतको बगरफाँट र राममन्दिर क्षेत्रमा कटान गरेको थियो । जोखिमयुक्त ठाउँमा तटबन्ध निर्माण गर्न उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको रुपाताल एकिकृत विकास परियोजना मार्फत बिनियोजन भएको रु. तीन करोड बजेट कार्यान्वयनमा ढिलाई भएको हो ।

हिउँस सकिनै लाग्दा समेत बजार संरक्षण र नदी नियन्त्रणको काम सुरु नहुँदा बर्खामा थप कटानको जोखिम बढेको संबिधानसभा सदस्य रेशमबहादुर बानियाले बताउनुभयो । बानियाको नेतृत्वमा आइतबार बेनी बजारका बासिन्दाहरुले प्रजिअ उमाकान्त अधिकारी मार्फत बजार संरक्षणको काम तत्काल अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

Shreekrishna hardwear in news

“कालीगण्डकी नदीको दुबैतर्फ एकैपटक संरक्षणको काम सुरु गर्नुपर्नेमा पर्वत तर्फ मात्र नदी नियन्त्रणको काम गरेका छन,” बानियाले भन्नुभयो “मध्य माघ सकिन लाग्दा काम सुरु भएको छैन् । बैशाख देखी नदिमा पानीको बहाब बढ्दै जान्छ, समयमै काम नहुँदा योजना कार्यान्वयन नहुने र बर्खामा बाढीले कटान गर्ने जोखिम छ ।”

Bhautik ministry notice about road

मंगलाघाटका सुवासकुमार श्रेष्ठले बर्षाप्त बजेट बिनियोजन नहुँदा बेनी बजार संरक्षण योजनामा ढिलासुस्ति भएको बताउनुभयो । “जोखिमयुक्त सदरमुकाम घोषणा गरेको बेनी संरक्षण योजनामा पर्याप्त बजेट नहुँदा सबै त्रासमा बस्नुपरेको छ,” उहाँले भन्नुभयो “बिनियोजन भएको बजेट पनि समयमा कार्यान्वयन नहुँदा अर्को समस्या थपिएको छ ।”

प्रत्येक बर्ष आउने बाढीले बेनी बजारका केही न केही भाग कटान गर्ने गरेको र प्रत्येक बर्ष संरक्षणको कार्य भएको भए पनि गत बर्ष देखी कम बजेट आएको, गत बर्ष गरिएको संरक्षणका काम पनि नदिले लगेको, यस बर्ष निमार्ण कार्य सकिने समयमा अझै सुरु नभएकाले बेनी बजार ठूलो क्षेती पुराउर्ने भएको सम्बन्धी निकायले समयमा निमार्ण कार्य थालनी गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउदै रामजीप्रसाद सुवेदीले पर्वत बेनीको संरक्षणका कार्य आधा सकिन लाग्दा म्याग्दी तर्फ भने कुनै कार्य नहुदा बेनीबजार बासीमा शंका उत्पन्न भएको बताउनुभयो । उहाँले समयमा काम नसक्ने हो भने आउने बर्खामा बेनी बजारबासी रातभर जाग्राम बस्नुपर्ने अबस्था उहाँले बताउनुभयो ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ अधिकारीले बेनी बजार जोखिममा परेको र त्यसलाई संरक्षण गर्नका लागि प्रशासनबाट गर्न सकिने पहल आफुले गर्ने बताउनुभयो । ‘यो ज्ञापनपत्र सम्बन्धित निकाय र मन्त्रालयमा पु¥याउने छु,’ उहाँले भन्नुभयो “आयोजनाका ब्यक्तीहरु संग पनि काम सुरु गर्न आग्रह गरेको छु ।”
रुपाताल एकिकृत विकास आयोजनाका सब ईन्जिनियर बद्री भट्टराइले भने बेनी बजार संरक्षणको कार्य केही दिनमा नै सुरु हुने बताउनुभयो । सँगै ठेक्का आव्हान गरिएको पर्वत र म्याग्दीतर्फ पहिलो चरणमा कम बजेट भएको पर्वत तर्फको काम सुरु गरेको बताउनुभयो ।

“बेनी बजार संरक्षणका लागि ठेक्का प्रक्रिया पनि पुरा भएको छ, हामीले एक हप्ता भित्र काम सुरु गर्न पत्र काटिसकेका छौँ,” उहाँले भन्नुभयोे “उहाँहरुले तिन÷चार दिन भित्रमा आएर काम सुरु गर्ने बताउनुभएको छ ।” उहाका अनुसार बजार संरक्षणका लागि दुई करोड बिस लाखमा रुपैयाँमा कस्सभ निमार्ण सेवा काठमाडौ संग सम्झौता भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...