संबिधानको रक्षाका लागि प्रतिनिधिसभा पुनस्थापना – नेता खाड

Sinchai Khanipani notice

बेनी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाडले संबिधानको रक्षाका लागि प्रतिनिधिसभा पुनस्थापना हुनुपर्ने बताउनुभएको छ ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा शनिबार नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बिघटित प्रतिनिधिसभामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख सचेतक रहेका खाडले सर्वोच्च अदालतबाट संबिधानको संरक्षण हुने विश्वास गर्नुभयो ।

“संविधान विपरित गरिएको संसद विघटनलाई सर्वोच्च अदालतले फैसला गरे जनताले अस्वीकार गर्छन,’’ पुर्वमन्त्री समेत रहनुभएका नेता खाँडले भन्नुभयो “जनमतको अपमानलाई सरकारको प्रभाव र दवावमा परेर अदालतले सदर गरे जनताले सहजै स्विकार गर्दैनन् ।”

Shreekrishna hardwear in news

नेता खाँडले अदालतको अन्तिम फैसलाले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानाको रक्षा गर्ने विश्वास ब्यक्त गर्नुभयो । अन्तिम आस्थाको धरोहरको रुपमा रहेको अदालतको फैसलाले जनताको विश्वास जित्ने वा गुम्ने अवस्था आउने बताउँदै संविधानको मर्म अनुसार चल्नुपर्ने बताउनुभयो ।

Bhautik ministry notice about road

नेकपाको आन्तरिक कलहका कारण संबिधान ध्वस्त हुने अवस्थामा पुगेको बताउँदै खाडले अहिलेको अवस्थामा कांग्रेस निर्वाचनमा नजाने स्पष्ट पार्नुभयो । सोही कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विगतका आन्दोलनका कम्यूनिष्ट पार्टीले धोका दिएकाले अवको आन्दोलन एक्लै गर्ने बताउनुभयो ।

कार्यक्रममा संविधान सभाका सदस्य रेशम बहादुर बानियाँ, नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, उपसभापति माधवप्रसाद रेग्मी, सचिव मिनबहादुर कार्की, महासमिति सदस्य चिरिञ्जीवि शर्मा, जिल्ला सदस्य केबी भण्डारी, बेनी नगर सभापति अनोद श्रेष्ठ, यूवा ब्यवसायी भिम रोका, राष्ट्रिय प्रजातान्त्रिक मगर संघका अध्यक्ष हिरा पुन, महिला संघ अध्यक्ष बिमला गौचन, तरुण दल प्रदेश (क) संयोजक असल केसी लगायतले सम्बोधन गर्नुभएको थियो ।


नेपाली काँग्रेस भकिम्लीका सभापति जसबहादुर पुनको अध्यक्षता, सचिव दलसिंह रोकाको स्वागत र जिल्ला कार्यसमिति सदस्य मनकुमारी विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो भेलापछि होम रोकाको अध्यक्षतामा ५४ सदस्यीय तरुण दलको वडा कमिटि गठन भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...