म्याग्दीमा प्रदेश सरकारका तीन वटा मोटर चल्ने पुल निर्माण सुरु

Gandaki Pardesh notice

बेनी, गण्डकी प्रदेश सरकारले म्याग्दीमा एकै साथ तीन वटा मोटर चल्ने पुल निर्माण सुरु गरेको छ ।

पुर्बाधार बिकास कार्यालय म्याग्दी मार्फत, धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकाको ग्रामिण बस्तीलाई सिधा सडक सञ्जालसँग जोड्न पुल निर्माण सुरु गरेको हो । कार्यालयका इञ्जिनियर सन्तोष अर्यालले रु. नौ करोड ८० लाखको लागतमा ठेक्का सम्झौता गरेका फरक–फरक निर्माण कम्पनीहरुले पुल निर्माणलाई तिब्रता दिएका जानकारी दिनुभयो ।

“गत आर्थिक वर्षमै सम्झौता भएपनि कोरोनाको जोखिम र बाढी पहिरोका कारण ब्यवसायी कार्यक्षेत्रमा परिचालन हुन सकेका थिएनन्,” उहाँले भन्नुभयो “हिउँद लागेसँगै पुल निर्माणको काम धमाधम भइरहेको छ । निर्धारित समयभित्रै पुल निर्माण गरिसक्ने तयारी सहित ठेकेदारले उपकरण र मजदुर परिचालन गरेका छन् ।”

Shreekrishna hardwear in news

मालिका गाउँपालिकाको दरबाङ देखि सिरदी हुदै निस्कोट र मंगला गाउँपालिकाको अर्मन जोड्ने सडक अन्तरगत म्याग्दी खोलामाथि ४० मिटर लामो ट्रस प्रबिधिको पुल निर्माण गर्न रु. चार करोड ४५ लाखमा प्रदिप–जुम्ली जेभीले ठेक्का लिएको छ ।

२०७७ साउन ४ गते सम्झौता भएको यो आयोजनाको म्याद दुई वर्ष छ । खोलाको दायाँ र बाँया किनारमा पहाड भएकाले त्यसैमा खाडल खनेर पिल्लर बनाई पुलको ट्रस जोड्ने र ढलान गर्ने डिजाइन बनेको छ । निर्माण कम्पनीका प्रतिनिधि प्रबिन सापकोटाले पुलको जग राख्ने खाडल खन्ने काम सकिएको बताउनुभयो ।

Bhautik ministry notice about road

मालिका गाउँपालिका–७ बिम र धवलागिरी गाउँपालिका–६ मराङको सिमाना भएर बग्ने अर्गला स्थित मराङ खोलामा २५ मिटर लामो आरसिसी टिबिएम प्रबिधिको पुल निर्माणका लागि सन २०२० को मार्च १२ मा फेवा–साबित्रि जेभीले ठेक्का सम्झौता गरेको थियो ।

रु. दुई करोड ७२ लाखमा ठेक्का लिएको यो योजनाको म्याद एक वर्षको छ । पुलको जग खनेर पिल्लरको ढलान सुरु गरेको निर्माण कम्पनीका प्रतिनिधी रामचन्द्र कार्कीले बताउनुभयो ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–७ र ८ को सिमाना स्थित संसारे खोलामा १६ मिटर लामो मोटर चल्ने पुल बनाउन २०७६ फागुनमा रायमाझी–हिमालयन जेभीले ठेक्का सम्झौता गरेको थियो । रु. दुई करोड ६३ लाखमा सम्झौता गरेको ठेकेदारले एकातर्फको पिल्लरको ढलान सुरु गरेको छ । यो पुलको म्याद पनि आगामी फागुन महिना सम्म छ ।

कार्यालय मार्फत मालिका–७ भारवाङ र धवलागिरी–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल निर्माणाधिन अवस्थामा छ । भारवाङको पुल निर्माणका लागि २०७६ असारमा देव एण्ड सायर बिएन जेभीले रु. छ करोड २४ लाखमा ठेक्का लिएको थियो । कम्पनीका प्रतिनिधि नारायण जिसीले ९ महिनापछि काममा फर्किएर निर्माणलाई तिब्रता दिएको बताउनुभयो ।
यसैगरी दरवाङ–धारापानी–ताकम–मुना सडक अन्तरगत गत वर्ष ठेक्का सम्झौता भएको दाङखोलाको मोटर चल्ने पुलको पुनःडिजाइन गर्दा लम्बाई बढाउनुपर्ने देखिएको इञ्जिनियर अर्यालले बताउनुभयो । यसअघि १५ मिटरको पुल बनाउने डिजाइन तयार पारेपनि बाढीले धेरै कटान गरेपछि २५ मिटर लामो बनाउनुपर्ने भएको हो ।

८.४ मिटर फराकिलो हुने सबै पुलको ६ मिटरमा ढलान र दायाँबायाँ १.२ मिटरको पैदल हिड्ने फुटपाथ हुनेछ् । पुल निर्माण भएपछि ग्रामिण सडकमा बाह्ै महिना नियमित सवारी सञ्चालन हुने बताइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...