पत्रकार महासंघ म्याग्दी शाखाको साधारणसभा

Sinchai Khanipani notice

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको सातौ साधारणसभा तथा छैटौ अधिवेशन शुक्रबार बेनीमा सम्पन्न भएको छ ।

साधारणसभाले सचिव गोरखनाथ सुबेदीको प्रगति र कोषाध्यक्ष हरिकृष्ण गौतमको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरेको छ । संस्थापक अध्यक्ष घनश्याम खड्काको संयोजकत्वमा रहेको प्रस्ताव लेखन समितिले तयार पारेको समसामयिक प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभाले श्रमजिवी पत्रकार ऐनमा उल्लेख भए अनुसारको तलब सुबिधा तत्काल उपलब्ध गराउन सञ्चार माध्यमहरुलाई आग्रह गर्ने, कोरोना बिरुद्धको खोप लगाउने क्रममा अग्रभागमा खटिएर काम गरेका पत्रकारहरुलाई प्राथमिकता दिन सरकारलाई आग्रह, स्थानीय बिज्ञापन स्थानीय सञ्चार माध्यमलाईनै उपलब्ध गराउने नीतिगत ब्यवस्था गराउन र कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक घुमफिरमा जोड दिन आव्हान गर्ने प्रस्ताव पारित गरेको छ ।

Shreekrishna hardwear in news

साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले नागरिकलाई सिप सिकाएर उद्यमशिल बनाउन जोड दिएको र पत्रकार महासंघ म्याग्दी शाखाको भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । महिला पत्रकारहरुको क्षमता बिकास तालिम सञ्चालन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बजेट बिनियोजन गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले महासंघको आगामी नेतृत्व चयनका लागि एकै पटक तीन तहको पदाधीकारी र कार्यसमिति चयन गर्न नयाँ चुनावी अभ्यास हुन लागेको बताउदै विज्ञापनको नाममा बढेको बिकृति र राज्यको अनावश्यक खर्च घटाउन नीतिगत सुधार गर्नुपर्ने बताउनुभयो ।

पत्रकार महासंघका प्रदेश अध्यक्ष त्रिभुवन पौडेल र महासचिव गणेश पौडेलले सबै जिल्लाका शाखाहरुको भवन निर्माणका लागि प्रदेश सरकारसँग समन्वय गरेको बताउनुभयो । नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता पेशा बिबिधिकरण र आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो ।

नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले प्रधानमन्त्रीले बाध्यतामा परेका प्रतिनिधिसभा बिघटन गरेर ताजा जनादेशका लागि चुनावमा जाने बाटो रोजेको बताउनुभयो भने कार्यालय सदस्य बालकृष्ण सुबेदीले प्रधानमन्त्रीको असंबैधानिक कदम खारेज, प्रतितिनिधिसभा पुनस्थापनाका लागि सञ्चार जगतले बहस चलाउनुपर्ने र सत्यलाई साथ दिनुपर्ने बताउनुभयो ।

Bhautik ministry notice about road

नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मीले संबिधानको रक्षाका लागि संसद पुनस्थापना गर्नुपर्ने काँग्रेसको प्राथमिकता भएको बताउनुभयो । राप्रपा म्याग्दीका अध्यक्ष बिरबहादुर थापा क्षेत्रीले पत्रकार महासंघको भवन बनाउन सहयोग गर्ने र स्थानीय सञ्चार माध्यमको सबलिकरणका लागि समानुपातिक बिज्ञापन प्रणाली लागु गर्नुपर्ने बताउनुभयो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले पत्रकार र स्थानीय सञ्चार माध्यमको हितको पक्षमा काम गर्दा बिज्ञापन एजेन्सीहरुले थेग्नै नसक्नेगरी दवाव दिन थालेको बताउदै सबै स्थानीय तह स्थानीय पत्रकार तथा सञ्चार माध्यमको साथमा रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बिकास र शुसासन कायम गर्न सञ्चार क्षेत्रबाट रचनात्मक सहयोग पाएको र थप ब्यवस्थित बनाउनुपर्ने बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले नकारात्मक बिषयलाई पनि सकारात्मक हिसाबले प्रस्तुत गरेमा प्रभावकारी बताउनुभयो ।

पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्का, प्रदेश सदस्य सन्तोष गौतम, प्रेस संगठनका संयोजक कमल खत्री र प्रेस युनियनका सभापति राकेश शर्माले केन्द्रिय सञ्चार माध्यमले समयमा पारिश्रमिक नदिदा पेशाबाटै पलायन हुने क्रम बढेको बताउनुभयो । म्याग्दीकाली सञ्चार सहकारी संस्थाका सचिव सुबिन श्रेष्ठ राज्यको उदाशिनताले सञ्चार माध्यम धरासायी बनेको बताउनुभयो ।

पत्रकार महासंघका शाखा अध्यक्ष तारानाथ शर्माले बेनी नगरपालिकासँग १० बर्षका लागि सम्झौता गरेर भवन बनाउन चार आना जग्गा भाडामा लिएको र अब त्यहाँ भवन निर्माण सुरु गर्ने बताउनुभयो । उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव गोरखनाथ सुबेदीले बताउनुभयो ।

कार्यक्रममा शाखाको संस्थागत बिकासमा सहयोग गर्नुभएका गलेश्वरका बमबहादुर पुन र दिपक बिखर्चीलाई सम्मान गरिएको थियो । जग्गा उपलब्ध गराएकोमा बेनी नगरपालिका कार्यालयलाई पनि सम्मान गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...