कोरोना बिरुद्धको खोप लगाउन सुरु

khali

बेनी । म्याग्दीमा पनि बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) बिरुद्धको खोप लगाउन सुरु भएको छ ।

भारत सरकारले उपलब्ध गराएको कोभिशिल्ड नामको खोप पहिलो चरणमा स्वास्थ्यकर्मीहरुलाई लगाउन लागिएको हो । पहिलो दिन म्याग्दीमा १३० जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

९७ जना महिला र ३३ जना पुरुषमा खोप लगाइएकोमा कसैलाई साइडइफेक्ट नदेखिएको उहाँले बताउनुभयो । कोरोना रोकथामको अभियानमा अग्रभागमा रहेर काम गरेका स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालक र सफाई कर्मचारीलाई पनि पहिलो चरणमा खोप लगाइदैछ ।

Shreekrishna hardwear in news

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, बेनी नगरउपप्रमुख सञ्जु बरुवाल लगायतको उपस्थितिमा बेनी अस्पतालका प्रमुख डाक्टर गोपाल कडेललाई पहिलो पटक खोप लगाइएको थियो ।

म्याग्दीमा पहिलो चरणमा ८२१ जनालाई खोप लगाउन माघ २० गतेसम्मको समय तालिका बनाइएको छ । बेनी नगरपालिकाका २५५ जनालाई माघ १४ र १५, अन्नपूर्ण गाउँपालिकाका ११५ जनालाई माघ १६ र १७ र मंगला गाउँपालिकाका ६८ जनालाई माघ १६ र १७ गते खोप लगाउने समय तालिका बनाइएको छ ।

khali

यसैगरी मालिका गाउँपालिकाका १४५ जनालाई माघ १६ र १७ गते, धवलागिरी गाउँपालिकाका ९८ जनालाई माघ १८ र २० गते, रघुगंगा गाउँपालिकाका १४० जनालाई माघ १९ र २० गते खोप लगाउने कार्यतालिका बनाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट रेफ्रिजेरेटर भ्यानमा पहिलो चरणमा ९४ भायल खोप सोमबार बेनी ल्याइएको थियो ।

एक भायलमा १० डोज खोप हुन्छ । कोभिसिल्ड खोप पहिलो डोज लगाएपछि नै कोरोना भाइरससँग लड्न सक्ने क्षमता विकास सुरु हुने र चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने बेनी अस्पतालका डा. जितेन्द्र कँडेलले बताउनुभयो ।

चार सातापछि दोस्रो डोज लगाएपछि शरीरमा पर्याप्त एन्टिबडी बन्ने डा. तिवारीको भनाई छ । नेपाल सरकारले विशेष पहल गरेर भारतबाट अनुदानमा १० लाख खोप प्राप्त गरेको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...