सडकमा परेका निजी जग्गाको नक्सा अद्यावधिक हुने

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका क्षेत्रका ३ वटा सडकमा परेका निजी जग्गाको कित्ता नापी नक्सामा अद्यावधिक गरिने भएको छ ।

बेनी नगरपालिकाको प्रस्तावमा गण्डकी प्रदेशको भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सडकमा परेका निजी जग्गालाई सरकारको नाममा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको हो । सडक निर्माण भएको नीजि जग्गाका धनीले उपभोग गर्न र उत्पादन लिन छाडेको बर्षौ सम्म पनि कर तिर्दै आएका थिए ।

नक्सा अद्यावधिक भएपछि सरकारको नाममा जाने र जग्गाधनीले राजस्व तिर्न पर्दैन् । सार्वजनिक सडकले चर्चेको नीजि जग्गालाई निशूल्क सरकारको नाममा ल्याउने प्रक्रिया सुरु गर्न नगरपालिकाका जनप्रतिनिधिसँग बुधबार छलफल गरिएको मन्त्रालयका कम्प्युटर अधिकृत गोबिन्द रिजालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

नगरपालिकाले ६ वटा सडकको कित्ता नापी नक्सामा अद्यावधिक गर्न प्रस्ताव गरेकोमा मन्त्रालयले यस वर्ष तीन वटा सडक छनौट गरेको छ । कम्प्युटर अधिकृत रिजालका अनुसार रत्नेचौर–बेनी, बेनी–दरवाङको मंगला गाउँपालिकाको सिमानासम्म र बेनी–जोमसोमको गलेश्वर सम्मको सडकको कित्ता नापी नक्सामा अद्यावधिक गरिने भएको छ ।

छनौट भएका सडक पर्ने वडाका अध्यक्षहरुसँग नगरपालिका कार्यालयमा नक्सामा अद्यावधिक गर्ने बिषयमा छलफल भएको थियो । मन्त्रालयका नापी अधिकृत दामोदर भट्टराई, कम्प्युटर अधिकृत रिजाल, सर्बेक्षक रामचन्द्र बराल र नापी कार्यालय म्याग्दीका प्रमुख तुलसीप्रसाद पौडेलको टोलीले जनप्रतिनिधिहरुसँग छलफल गरेको हो ।

सार्वजनिक सडक निर्माण भएको बर्षौ सम्म पनि म्याग्दीका धेरै सडक निर्माण भएका जग्गा ब्यक्तिका नाममा छन् । सरकारले सडकमा परेका जग्गा आफ्नो नाममा ल्याएर लगत अद्यावधिक नगर्दा जग्गाधनीले उपभोग नगरेको र उत्पादन नहुने जग्गाको कर तिर्नुपर्ने बाध्यता छ । म्याग्दीका अन्य सडकमा परेका जग्गाको पनि लगत कत्ता गर्नुपर्ने स्थानीयबासीले माग गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...