मराङ–काठमाडौ समाजद्धारा पहिरो पिडितलाई साढे १६ लाख सहयोग

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका पहिरो पिडितहरुलाई मंगलबार करिब साढे सोह् लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

मराङ–काठमाडौ समाजद्धारा संकलित १६ लाख ४८ हजार रुपैयाँ वडा अध्यक्ष राजाराम सुबेदीलाई समाजका अध्यक्ष धनबहादुर गुरुङ र याम गर्बुजाले हस्तान्तरण गर्नुभएको हो । गत असार महिनाको पहिरोबाट घरबास गुमाएकाको पुर्नबास, क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माणका लागि वडा कार्यालयले स्थापना गरेको कोषमा काठमाडौमा बस्दै आएका मराङ जन्मथलो भएकाहरुले सहयोग जुटाउनुभएको थियो ।

वडा अध्यक्ष सुबेदीको अध्यक्षता, सचिब बेदप्रसाद सुबेदीको सञ्चालन र वडा सदस्य रामबहादुर जुग्जालीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य गौमति केसी, डाँफे युवा क्लवका अध्यक्ष पुर्ण गर्बुजा, प्रगति युवा क्लवका अध्यक्ष चक्र पुन, कबिराज केसी, इश्वर सुबेदी लगायतको उपस्थिति थियो ।

Shreekrishna hardwear in news

वडा अध्यक्ष सुबेदीले सहयोगदाताहरुलाई धन्यवाद दिदै प्राप्त रकम आवश्यकता अनुसार पहिरो पिडितको पुर्नबास, पुननिर्माणमा परिचालन गरिने बताउनुभयो । मराङको राम्चे, रिखा, कल्लेनी, ठूलोगाउँ र कुम्रिमा पहिरोका कारण १९ जनाको मृत्यु र २ जना बेपत्ता भएका थिए । २३ वटा घर पहिरोमा पुरिएका र बगेका थिए । कुम्रि स्थित वडा कार्यालय रहेको सामुदायिक भवन पनि पहिरोले बगाएको थियो ।

Bhautik ministry notice about road

घरबास गुमाएकाहरुको पुर्नस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् ब्यवस्थापन कोषमा संकलित रकमबाट २८ रोपनी ६ आना जग्गा खरिद गरिएको छ । आरबाङको अस्कारेमा १२ रोपनी र राम्चेमा १७ रोपनी जग्गा खरिद गरिएको छ । जग्गा खरिदमा ५० लाख पचास हजार रुपैयाँ खर्च भएको छ ।

खरिद गरिएको जग्गामा सडक पु¥याएर सम्माउने तयारी भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले मराङमा १० वटा घर निर्माण गर्ने जनाएको छ । तीन वटा कोठा र एक वटा शौचालय सहितको घर निर्माणमा रु. ५ लाख खर्च हुने लागत अनुमान तयार पारिएको छ ।

बाँकी घर निर्माणका लागि पनि स्रोतको खोजी गरिएको छ । धवलागिरी गाउँपालिकाले बिशेष गाउँसभाबाट पहिरो पिडितको निजी आवास पुननिर्माणका लागि रु.४८ लाख बिनियोजन गरेको छ । धवलागिरीको धारापानी, ताकम, आटेबिर र काफलडाडाँमा पनि पहिरोले क्षति पु¥याएको थियो ।

गाउँपालिकाले बिनियोजन गरेको बजेट कसरी परिचालन गर्ने भन्ने टुङ्गो लागिसकेको छैन् । संघीय सरकारले पहिरो पिडितको घर बनाउन हिमाली जिल्लाका लागि पाँच लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने कार्यबिधि पारित गरेको बिघटित प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...