हिमालयन सहकारीको साधारणसभा

khali

चिमखोला । रघुगंगा गाउँपालिका–७ चिमखोला स्थित हिमालयन महिला बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । महिलाहरुको लगानी र नेतृत्वमा सञ्चालित यस सहकारीको साधारण सभामा सहकारीले विभिन्न क्षेत्रमा १ करोड बढी लगानी गरेको छ ।

सहकारीले गत आर्थिक बर्षमा १३ लाख ९ हजार ४९४ आम्दानी र ६ लाख २४ हजार ३३७ खर्च भएको जनाएको छ । सहकारीका अध्यक्ष बृद्धिमाया पहरे पुनको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष देउप्रसाद पुनले महिलाद्धारा सञ्चालित सहकारीको क्षमता विस्तार र प्रवद्र्धनका लागि सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो ।

khali

कार्यक्रममा चिमखोले फेसवुक समुहका अध्यक्ष गणेश पुन, वडा सदस्य लक्ष्मण पुन, समाजसेबी मिनबहादुर थापा, कृष्णबहादुर पुन, झिङखानी महिला बचत तथा ऋण सहकारीका सचिब गिता छन्त्याल, कुइनेमंगलेका वडा सदस्य यामकुमारी घर्ति लगायतले मन्तव्य राख्नुभएको थियो ।

Shreekrishna hardwear in news

सहकारीका कोषाध्यक्ष खुमायाँ पाईजाले आर्थिक, सह–सचिब झदेवी बुढाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सचिब दुधकुमारी पुनले सञ्चालन गर्नुभएको थियो । २०६६ सालमा स्थापना भएको यस सहकारीमा चिमखोलाका ३७३ जना शेयर सदस्य रहेका छन् भने शेयर पुँजी १७ लाख ८३ हजार रहेको छ । कार्यक्रममा स्थानीय मौलिक कला संस्कृति झल्कने नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...