आमा समुहलाई दुना–टपरी बनाउने मेसिन

Gandaki Pardesh notice

बेनी । जलजला गाउँपालिकाले तीन वटा आमा समुहलाई दुना –टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ ।

कामना आमा समुह सहित वडा नम्ब। ७ को भगवति आमा समुह र ८ को लस्ती फर्से महिला समुहलाई एक÷एक वटा दुना टपरी बनाउने विद्युतीय मेशिन सोमबार उपलब्ध गराइएको हो ।

स्थानीय बनमा खेर गइरहेको सालको पात टिपेर दुना टपरी बनाई महिलाहरुको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मेसिन सहयोग गरेको गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उपाध्यक्ष पुनले स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर निर्माण गर्ने गाउँपालिकाको योजना रहेको बताउनुभयो । जलजला–४ का वडा अध्यक्ष भिष्म मल्लले दुना टपरीको प्रयोग गरेर वडालाई पलास्टिक मुक्त बनाउने योजना रहेको बताउनुभयो ।

पुजाआजा, भोज, भतेर र कार्यक्रममा पलास्टिकको प्लेटको बिकल्पमा दुना टपरी प्रयोगमा ल्याउने योजना अघि सारिएको छ । कामना आमा समुहकी अध्यक्ष चिनु जिसीले बिद्युतीय मेसिन भएपछि दुना टपरी उत्पादन गर्ने समय र लागत घट्ने बताउनुभयो ।

पुजा, विवाह, ब्रतबन्ध जस्ता धार्मिक कार्यमा दुना टपरीको प्रयोग हुन्छ । गाउँपालिकाले यसअघि दुना टपरी उद्योग सञ्चालन गर्न वडा न. ४ को खोलाखेतमा सामुदायिक भवन समेत निर्माण गरेको छ । जलजलाको मल्लाज, धाइरीङ र नाग्लीवाङमा दुना टपरी बनाउन प्रयोग हुने सालको जंगल छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...