सरस्वति आधारभूतका बिद्यार्थीलाई पोशाक बितरण

khali

बेनी । बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वति आधारभूत बिद्यालयका बिद्यार्थीलाई सोमबार पोशाक बितरण गरिएको छ ।

बगरफाँट घर भई हाल नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यरत कृषि बैज्ञानिक टिकाबहादुर कार्कीले दिवंगत परिवारका सदस्यहरुको स्मृतिमा ७० जना बालबालिकालाई पोशाक बितरण गर्नुभएको हो ।

उहाँले स्वर्गीय बुवा मोतिलाल कार्की, आमा देउकुमारी कार्की र जेष्ठ सुपुत्री अञ्जना कार्कीको पुष्य स्मृतिमा ५२ हजार ५०० रुपैयाँ मूल्य बराबरको एक÷एक जोड पोशाक बितरण गर्नुभएको बिद्यालयकी शिक्षक घनदेवी घर्तिले बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

बिद्यालय ब्यवस्थापन समितिका जेष्ठ सदस्य कल्पना जि.सी.को अध्यक्षता, कृषि बैज्ञानिक कार्कीको प्रमुख आतिथ्यता, वडा अध्यक्ष हिराबहादुर थापाको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक छेमबहादुर गर्बुजा पुनले गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षक प्रेमबहादुर कार्कीले मन्तब्य व्यक्त गर्नुभएको थियो । सहयोगदाता कार्कीले बिद्यालयलाई प्रबिधिमैत्री बनाउन इन्टरनेट जडानमा सघाउने प्रतिबद्धता जनाउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...