बाबियाचौरमा नेकपाको ओली समूहको कार्यकर्ता भेला

Gandaki Pardesh notice

बेनी । बाबियाचौरमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको मंगला गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भेलालाई नेकपाको ओली समूहका केन्द्रिय सदस्य तथा बिघटित प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, केन्द्रिय सदस्य तथा संबिधानसभा सदस्य नवराज शर्मा, जिल्ला सचिव तथा केन्द्रिय सदस्य हरिकृष्ण श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

उहाँहरुले पार्टीभित्रैबाट आफ्नै अध्यक्षले नेतृत्व गरेको सरकारलाई अविश्वासको प्रस्ताव दर्ता गर्न खोजिएपछि प्रधानमन्त्रीले संबैधानिक अधिकारको प्रयोग गरेर बाध्यताले संसद बिघटन गर्नुपरेको बताउनुभयो ।

Shreekrishna hardwear in news

ताजा जनादेशका लागि जनतामाझ जानुनै उत्तम बिकल्प भएको बताउदै चुनावको तयारीमा जुट्न आग्रह गर्नुभयो । प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले असहयोग गरेर सरकारलाई काम गर्नै नदिएको उहाँहरुले बताउनुभयो ।

Bhautik ministry notice about road

सरकारले मंगला गाउँपालिका लगायत म्याग्दी जिल्लामा पुर्बाधार, सामाजिक क्षेत्रमा प्राथमिकता दिएर बजेट बिनियोजन गरेको बताउदै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

नेकपा मंगला गाउँपालिका संगठन कमिटिका अध्यक्ष प्रेमप्रसाद रोकाको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, नेकपाको प्रदेश कमिटि सदस्य खुमबहादुर बानिया, जिल्ला सदस्य शंकर शेरचन, अनेमसंघका यसोदा रोका, कलाधर कडेल, दर्पण रोका, धनबहादुर खाती लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसअघि गत शुक्रबार धवलागिरीको मुनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण भएको थियो । प्रतिनिधिसभा बिघटनको दोष एक अर्कालाई लगाउदै नेकपाको दुबै समूहले म्याग्दीका पालिका र वडा स्तरमा राजनीतिक गतिबिधि बढाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...