म्याग्दीको सुरक्षा अवस्थाबारे छलफल

Sinchai Khanipani notice

बेनी । बेनीमा आइतबार म्याग्दी जिल्लाको पछिल्लो सुरक्षा अवस्थाका बिषयमा सरोकारवालाहरुबीच छलफल भएको छ ।

नवआगन्तुक प्रहरी नायब उपरिक्षक श्यामकुमार राइले राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, ब्यवसायी, नागरिक अगुवा लगायतहरुबसँग सुरक्षा ब्यवस्था थप बलियो बनाउन आवश्यक सुझाव लिनुभएको हो ।

Bhautik ministry notice about road

सहभागिहरुले दुर्गम बस्तिसम्म सुरक्षाको पहुँच बढाउन, निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, बिपद् ब्यवस्थापनको पुर्ब तयारी गर्न र दुर्घटना न्युनीकरणमा जोड दिएका थिए । उनिहरुले अपराध अनुसन्धानलाई बैज्ञानिक, तथ्यसंगत बनाएर समयमै न्याय पाउने वातावरण बनाउन सुझाव दिएका थिए ।

Shreekrishna hardwear in news

प्रनाउ राइले सरोकारवालाहरुको सुझावको आधारमा सुरक्षा चुनौति पहिचान गरेर त्यसलाई सुधार गर्ने बताउनुभयो । अपराध, दुर्घटना न्युनीकरण, विपद् ब्यवस्थापनमा समाजबाट पनि रचनात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...