रत्नेचौरमा लिफ्ट खानेपानी आयोजनाको शिलन्यास

Gandaki Pardesh notice

रत्नेचौर । बेनी नगरपालिका–१ मा रत्नेचौर लिफ्ट खानेपानी आयोजना निर्माण सुरु भएको छ ।

खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले ६ करोड ७६ लाख रुपैयाँको लागतमा आयोजना निर्माण सुरु गरेको हो । सिम स्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा बितरण गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाबाट २४३ घरधुरीका एक हजार २१५ जनसंख्या लाभान्वित हुने कार्यालयका प्रमुख कुमार खड्काले जानकारी दिनुभयो । ३० हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड ४.७ लिटर पानी ४५० मिटर माथि सालघारीमा निर्माण हुने ११५ क्यूबिक क्षमताको टंकीमा खसालेर घरघरमा धारा जडान गरेर बितरण गरिने भएको छ ।

Shreekrishna hardwear in news

प्रदेश सरकारको बिशेष खानेपानी आयोजनामा छनौट भएको यो आयोजनाको पहिलो प्याकेज अन्तरगत गत असार २४ गते प्राकृतिक–प्रदिप–जुम्ली जेभीले दुई करोड ७५ लाख ३६ हजार ५०६ रुपैयाँमा ठेक्का लिएको छ ।

२०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, संकलन, रिजर्भ र बितरण टंकी लगायत संरचना निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । घरघरमा निजी धारा जडान गरेर खानेपानी बितरण गरिने यो आयोजनाको बितरण लाइनको कुल दुरी १८.७ किलोमिटर छ ।

Bhautik ministry notice about road

ठेकेदार कम्पनीका प्रतिनिधि होमनाथ सापकोटाले टंकी निर्माणको काम सुरु गरेको बताउनुभयो । पर्याप्त मजदुर र उपकरण परिचालनका लागि आवश्यकता अनुसार निर्माण सामग्री जुटाएर निर्धारित समयमै आयोजना सम्पन्न गर्ने उहाँले बताउनुभयो ।

रत्नेचौरमा बि.स २०३५ सालमा निर्माण भएको खानेपानी आयोजना जिर्ण र अब्यवस्थित भएको थियो । जिर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपुर्ति हुन सकेको थिएन् । नजिकै पानीको स्रोत नभएकाले लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण गर्नुपरेको वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो ।

आयोजनाको आइतबार बिघटित प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले शिलन्यास गर्नुभयो । थापाले निर्धारित समयमै गुणस्तरीय हिसाबले खानेपानी आयोजना निर्माण सकेर सर्बसाधारणले सुबिधा पाउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

सडक कालोपत्रे र खानेपानी आयोजना भित्र्याउन आफूले पहल गरेको बताउँदै उहाँले ढोडेनीखोलामा मोटरेबल र कुडुले जोड्ने झोलुङ्गे पुलको सर्बेक्षण भइसकेको जानकारी दिनुभयो । अर्जममा नयाँ खानेपानी आयोजनाका लागि बजेट ब्यवस्थापन गरेको, रत्नेचौर–भकुण्डे–स्वर्गाश्रम जोड्ने पदमार्गको अध्ययन गरिएको बताउनुभयो । वाइट

रत्नेचौरमा मात्र नभएर आफ्नो कार्यकालमा म्याग्दीको पर्यटन, पुर्बाधार, बिद्युतिकरण, सडक र खानेपानी सम्बन्धी धेरै आयोजना भित्र्याएर कार्यान्वयन गराउन सफल भएको बताउनुभयो । आयोजनाको उपभोक्ता समितिका अध्यक्ष रनबहादुर खत्रीको अध्यक्षता र सचिव दानबहादुर महत (शंकर)को सञ्चालनमा भएको कार्यक्रममा खानेपानी आयोजनाका संयोजक कृष्णबहादुर बोगटीले आयोजनाको महत्वको बारेमा जानकारी गराउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...