नारच्याङमा आयोजित स्वास्थ्य शिबिरबाट साढे चार सय लाभान्वित

Gandaki Pardesh notice

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा शनिबार आयोजित निशूल्क बृहत स्वास्थ्य शिबिरबाट साढे चार सय जना लाभान्वित भएका छन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, अन्नपूर्ण गाउँपालिका र अन्नपूर्ण युवा क्लब नारच्याङको सहयोग, कोभिड अस्पताल अन्नपूर्णको प्राविधिक सहयोग तथा सिर्जनशील आमा समूह नारच्याङको आयोजनामा शिविर सम्पन्न भएको थियो ।

नारच्याङको कोरोना अस्पतालमा आयोजना गरेको शिविरमा ४५० जनाले सेवा लिएका थिए । नारच्याङ, दाना, भूरुङ–तातोपानी, शिख, घार, हिस्तान, दोवाका सर्बसाधारणले सेवा लिएका गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले जानकारी दिनुभयो । बिरामीहरुलाई स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरणको सुबिधा दिइएको थियो ।

Shreekrishna hardwear in news

इसिजीद्वारा मुटु, मृर्गौला, मधुमेह, रगत, रक्तचाप, थाईराइडको परिक्षण गरिएको थियो । भिडियो एक्सरे सेवा पनि थियो । घाउ चोटपटक लागेका, छाला, बाथ, दम, चर्मरोग, ग्याँस्ट्रिक, दाँत र स्त्री रोग सम्बन्धी समस्या भएका बिरामी बढी थिए ।

पारिवारिक, आर्थिक, सामाजिक कारणले सदरमुकाम बेनी, प्रदेश राजधानी पोखरा लगायतका सहरमा पुगेर सेवा लिन नसकेका नागरिकहरुलाई राहत मिलेको छ । गाउँमै रोगको पहिचान र उपचार पाउँदा दुर्गम क्षेत्रका बासिन्दा खुसी भएका छन् ।

थप उपचार गर्नुपर्ने बिरामीहरुलाई बेनी र पोखरा रिफर गरिएको छ । चिकित्सकहरु लक्ष्मी पन्थि, अंगना पराजुली, मोनी सुबेदी, एकराज भण्डारी सहित स्वास्थ्य कर्मीहरुको टोलीले सेवा दिनुभएको थियो ।

Bhautik ministry notice about road

शिविरको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया मगरले नागरिकको स्वास्थ्यमा सुधार गर्न जोड दिएको बताउनुभयो । कोरोना अस्पतालका चिकित्सकको उपस्थितिमा यसअघि औला र शिखमा शिविर सञ्चालन गरेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रीका निजी सचिव चन्द्रमणि सापकोटाले प्रदेश सरकारले दुर्गम ठाउँका जनताको स्वास्थ्यलाई लक्षित गरी उनीहरुले महसुश गर्नेगरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले पालिकाले सबै वडामा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रम अगाडि बढाएको जानकारी दिनुभयो ।

नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामी, स्वास्थ्य विज्ञान प्रष्ठिानका वरिष्ठ प्याथोलोजिष्ट डा. मोनी सुवेदी, अन्नपूर्ण कोभिड अस्पताल प्रमुख डा. लक्ष्मी पन्थी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) नारच्याङका अध्यक्ष तेजबहादुर गुरुङले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सिर्जनशील आमा समूहका अध्यक्ष नरिमाया गुरुङको अध्यक्षता, दिलु बुदुजाको स्वागत र निलगिरी आधारभूत विद्यालयका शिक्षक विरमाया विश्वकर्माको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...